अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

गर्वले भन म हिन्दू हुँ

राकेश कार्की २०७८ पुष २६ गते २१:१४ मा प्रकाशित

कविता

पवित्रता छल्काउदै भन
प्रेम लहरको सिंधु हुँ
हिन्दूत्वमा आस्था छ भने
गर्वले भन म हिन्दू हुँ

अहिंसा संवेदनशीलता सहिष्णुताले
आपूरित हाम्रो सुविचार
ज्योतिष खगोल कला विज्ञानका
वेद ग्रंथ हाम्रो ज्ञानको सार

हाम्रो स्वाभिमानि धर्मको
लोक सुखको उज्यालो इन्दू हुँ
हिन्दूत्वमा आस्था छ भने
गर्वले भन म हिन्दू हुँ

अतिथि हाम्रो देवता हुन
क्षमा सम्मानको परिचायक हौँ
भू नभ जल वायु अग्निलाई
सदा संरक्षण गरेर पुज्दछौँ

हर प्राणीलाई दया माया गर्ने
मनोध्यानको बिन्दु हुँ
हिन्दूत्वमा आस्था छ भने
गर्वले भन म हिन्दू हुँ

डिसेम्बर १९, २०२१
लस एन्जेलस