अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

हे चित्रगुप्त नमस्कार

राकेश कार्की २०७७ असोज ३ गते १०:१५ मा प्रकाशित

कविता

मास्क लगाएको एउटा मरेको मान्छे
स्वर्ग र नर्कको द्वार
छ छ फुट सर्दै हात जोड्यो
“हे चित्रगुप्त नमस्कार”

“साबुन पानीले हात धोयौ”
“धोएँ”
“तातो पानी बेला बेलामा पियौ”
“पिएँ”
“अनि कसरी मार्‍यो त कोरोनाले”
“कोरोनाले हैन कर्मपालक”
मेरै पछि हात जोडी उभिएको थियो
मेरै दुर्घटनाग्रस्त बस हाँक्ने चालक

चित्रगुप्तले कड्किएर सोधे
“घुस, कमिसन, भ्रष्टाचार
मलाई थाहा छ पदभार सम्हाल्नेको
गरिब दुस्खी असहाय प्रति अत्याचार”

“तिमी परै बस एक छिन”
चित्रगुप्त खातामा घोरिइरहनु भयो
कर्मको अभिलेखको दृश्यहरू
भिडियो लगाएर हेरिरहनु भयो

“मन्त्री संत्री भएको थियौ”
“थिइन”
“आफ्नै नातागोतालाई मात्र चिन्यौ”
“चिनिन”
“त्यसो भए किन हिँडेको त मन्त्रालय मंत्रालय”
“हातमुख जोड्नलाई, जागिर खोज्न व्यवहार गणक”
सेलफोनको स्क्रिनमा देखियो मर्मतसंभार रहित सडक
अनि बाढी पहिरोले उ चढेको बसलाई दिएको दनक

उ इमानदार सत्य कर्म गर्ने मान्छे
लाइनको पछि सम्म हेर्‍यो
सबै उ जस्तै सज्जन सद्कर्मी
पापी कुकर्मी दुराचारी नदेख्दा छक्क पर्‍यो

चित्रगुप्तलाई साह्रै नै फसाद पर्‍यो
कोभिड(१९ र बाढी पहिरोले यो के गर्‍यो
अभावले पिल्सिएर दुष्खले आँखा रसाउने
एक एक मनुवा किन यसरी मर्‍यो

चित्रगुप्तले ध्यानपूर्वक विचार गर्नुभयो
दुरात्माहरूको शक्ति व्यापक छ
रिजेक्ट गर्दिनुभयो स्वर्ग र नर्कको भिसा
सत्य कर्म गर्नेहरू पृथ्वीमै आवश्यक छ

कोरोना भाइरस र विकास खाने भाइरस
निर्मूल गर्न दिनुभयो धेरै टिप्स र अर्ति
अन्ततस् उभिएर विराट अग्लो भएर
श्री चित्रगुप्तले जारी गर्नुभयो उर्दी
“होटेल क्वारेन्टिनमा बसी आएका सबै सुन
तिमीहरू मरेका छैनौ, हामी पृथ्वीमै फर्काउँछौ”
लाइनमा बस्ने सबै डराउँदै झिनो स्वरमा कराए
“हे कर्म देव हामी जान्नौँ त्यहाँ फेरी दुस्ख पाउँछौ”

इन्जिनियर राकेश कार्की
लस एन्जलस, USA