अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

येशुको बलिदान

रन्जु मार्ग २०७७ वैशाख १ गते १३:१५ मा प्रकाशित

गीत :

जब तिमी देख्नेछौ हत्केलाका प्वालहरू
तब तिमी सम्झनेछौ मेरा बलिदानहरू !

मरेर नै बाँचेको हुँ बचाउन तिमीलाई
हारेर नै जितेको हुँ जिताउन तिमीलाई
जब तिमी देख्नेछौ रगतका खालहरू
तब तिमी सम्झनेछौ मेरा बलिदानहरू !!

लडेर नै उठेको हुँ उठाउन तिमीलाई
भत्केर नै बनेको हुँ बनाउन तिमीलाई
जब तिमी देख्नेछौ शरीरका डामहरू
तब तिमी सम्झनेछौ मेरा बलिदानहरू !!