अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

म कति सस्तो भएँ ……..!

रन्जु मार्ग २०८० फागुन १२ गते ७:४८ मा प्रकाशित

गीत
कहिले मान्छे जस्तो भएँ
कहिले मूर्ति जस्तो भएँ
तिमीलाई पाउँछुभनी
म कति सस्तो भएँ ।

बिक्थ्यो होला पिठो बरु
मेरो चामल बिकेन
हजार बिन्ति गर्दा पनि
त्यो मन कहिल्यै फुकेन्
कहिले फूल जस्तो भएँ
कहिले काढाँ जस्तो भएँ
तिमीलाई पाउँछुभनी
म कति सस्तो भएँ ।

मेरो जस्तै मन होला
सोची रहन्थें सधैं
एक दिन त्यो मन फर्किएला
विश्वाश राख्थें सधैं
कहिले जिउँदो जस्तो भएँ
कहिले मरे जस्तो भएँ
तिमीलाई पाउँछुभनी
म कति सस्तो भएँ ।

##