अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

के थाहा उनको कुरा….. ?

रन्जु मार्ग २०८० फागुन ४ गते १६:४७ मा प्रकाशित

गीत:
के थाहा उनको कुरा ,नसोध मलाई
बर्षौ भयो नबोलेको, मेरै दोष केलाई ।

शुरु शुरुमा धेरै चोटि झर्किएर बोले
सुनेर नि मेरा कुरा नसुने झैँ गरे
कसले कान भरी दियो ,नसोध मलाई
बर्षौ भयो नबोलेको ,मेरै दोष केलाई ।।

देखेर नि नदेखे झैँ गर्न थाले उनले
बुझेर नि नबुझे झैँ गर्न थाले उनले
कसले नजर लगाई दियो,नसोध मलाई
बर्षौ भयो नबोलेको, मेरै दोष केलाई ।।