अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

आजभोलि देख्दिन म …

रन्जु मार्ग २०८० चैत १५ गते १८:१३ मा प्रकाशित

गीत:
आजभोलि देख्दिन म उनलाई डालीमा
उनी बिना रित्तो रित्तो भएँ खाली म ।

चारो टिप्न आउँथिन उनी आँगनीमा झरी
झ्यालबाट हेर्थे सधैँ उनी मेरी सानी परी
केही कुरा गर्नु थियो उनीसँग यसैपालीमा
आजभोलि देख्दिन म उनलाई डालीमा ।

मेरो पनि उनको जस्तै उड्ने प्वाँख भए
सँगसँगै उडी जान्थेँ जताजता उनी गए
अभागी म बाटो हेरी बसी रैछु पालीमा
आजभोलि देख्दिन म उनलाई डालीमा । ।