अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

रन्जु मार्गका ५ हाइकुहरू

रन्जु मार्ग २०७६ मंसिर २० गते ८:०७ मा प्रकाशित

हाइकु : पत्थर मुटु

१.रुझेको तिम्रो
आँखा हो कि मुटु
जिज्ञासा अझै !

२.नचिनेको ऊ
बिसाउन गाह्रो भो
मनको बोझ !

३.मनमा माया
कसरी देखाउने
आधारहीन !

४.सबै फूलमा
कहाँ सुभाष हुन्छ
काँसको फूल !

५. पग्लिएन ऊ
पग्लिन्थ्यो होला बरु
पत्थर मुटु !