अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

गजल – लीलाराज दाहाल

लीलाराज दाहाल २०७५ माघ १५ गते ११:४५ मा प्रकाशित

स्वार्थको झोला बोकेका छन् उनले
झोलामा खोला बोकेका छन् उनले

केटाकेटीलाई उसै भुलाउन होला
हेर कोकाकोला बोकेका छन् उनले

तस्करी गर्छन् हिरा जवाहरातको
तोलाका तोला बोकेका छन् उनले

मित्रजनलाई भेटे सताउनका लागि
बारुलाको गोला बोकेका छन् उनले

सानालाई भेटे त ताकेरै हान्छन्
हातमा सोला बोकेका छन् उनले

भित्र राक्षसी पन छ बाहिर भने
मान्छेको चोला बोकेका छन् उनले

बागमती ११, कर्मैया, सर्लाही , नेपाल ।

प्रतिक्रिया