अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

मेलिना राईको आवाजमा अहिले तिजैमा अमेरिकामा सार्वजनिक

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ भदौ १३ गते २२:१२ मा प्रकाशित

मेलिना राईको आवाजमा ‘अहिले तिजैमा” नामको बोलको तीज गीतको भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । गीतमा शङ्कर पन्तको शब्द तथा सङ्गीत रहेको छ ।

बब्बु थापाको निर्देशनमा बनेको गीतको भिडियोमा भने कविता पराजुली सिटौला, उमा सिटौला, श्रीजना सिटौला, रितिका शर्मा, सिला तामाङ थापा, शारदा काफ्ले त्रिपाठी, सान्नानी त्रिपाठी, सविना श्रेष्ठ, इकिता देवी दाहाल, ललिता दाहाल, लक्ष्मी लामिछाने, पूजा लामिछाने र श्रिया पराजुलीहरूलाई फिचरिङ गरिएको छ । उक्त तिजको गीतलाई अमेरिकाको डेनभर सहरमा छायाङ्कन गरिएको छ । बब्बु थापाकै कोरियोग्राफर रहेको गीतको भिडियोमा क्रिक गिलोन तथा पवन सिम्खडाको छायाङ्कन, पवन सिम्खडाको सम्पादन छ । सिटौला ब्रदर्सको निर्माणमा उक्त गीतको भिडियो तयार भएको हो ।

 

प्रतिक्रिया