अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

अमेरिकामा वरिष्ठ अभिनेता नीर शाहलाई अभिनन्दन गरिने

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ साउन २३ गते ११:३१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरले यस पटक वरिष्ठ अभिनेता निर शाहलाई सम्मान गर्ने भएको छ । च्याप्टरले शाहलाई नेपाली कला क्षेत्रका सर्वश्रेष्ठ हस्ती भन्दै सम्मान गर्न लागेको हो ।

अनेसास कोलोराडो च्याप्टरको निमन्त्रणा स्विकार्दै अभिनन्दन हुन शाह नेपालबाट कोलोराडो आउने निश्चित भइसकेको च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले जनाएका छन् । वरिष्ठ अभिनेता शाहलाई २५ अगस्टमा कोलोराडोमा गरिने श्रष्टा सम्मान कार्यक्रममा अभिनन्दन गरिने छ ।

कार्यक्रममा अभिनेता शाहले आफ्नो अभिनय पनि प्रस्तुत गर्नेछन् । कार्यक्रममा प्रसिद्ध गायकहरूद्वारा साङ्गीतिक प्रस्तुति गरिनुका साथै, कविता वाचन र नृत्य प्रस्तुति समेत गरिने छ । उक्त कार्यक्रममा आफ्ना रचना लिएर आउन हुन अनेसास कोलोराडो च्याप्टरले सबै कोलोराडो बासी नेपाली तथा नेपाली भाषीलाई अनुरोध गरेको छ ।

कार्यक्रम हुने स्थान,समय
MAC
3295 W 72th Ave
Westminster CO 80030
Date/Time: Sat. Aug 25, 2018 (1 PM)

प्रतिक्रिया