अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

कोलोराडोको पिकनिकमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले नचाए (फोटो फिचर तथा भिडियो)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असार ३१ गते १३:४३ मा प्रकाशित

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा स्थानीय नर्थग्लेन सिटीका मेयर ज्वाईसी डाउन्निङको प्रमुख आतिथ्यता र लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने, गायक रुपेश न्यौपाने लगायतका व्यक्तिहरूको विशेष आतिथ्यतामा कोलोराडोको नर्थग्लेन सिटी स्थित पार्कमा समर पिकनिक विभिन्न कार्यक्रमसँगै हिजो शनिवार सम्पन्न भयो । कार्यक्रममा झन्डै ३ सय भन्दा बढी नेपालीहरूको उपस्थिति रहेको थियो । पिकनिकमा नेपाली खाना, भेषभुषा र नेपाली नाचगान सहित विविध मनोरञ्जनका साथ सुसम्पन्न भएको छ । 

पिकनिक कार्यक्रममा थप मनोरञ्जन पुर्‍याउने उदेश्यले संस्थाले गीत तथा कविता वाचनको पनि व्यवस्था गरेको थियो । सयौँ गीतमा आफ्नो आवाज दिएका लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले ऐना हेरेर, झिलभिल सितारा, घाम जस्तो चम्किलो जुन हुँदैन आदी गीत गाएर नचाएका थिए भने त्यस्तै अर्का भर्खरै नेपालबाट आएका गायक रुपेश न्यौपानेले यसपालिको तिजमा क्या रमाइलो हुने हो अमेरिकामा, पञ्चे बाजा आदी गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

भिडियो भाग १

साथै उक्त पिकनिकमा निबन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई नगद सहित प्रशंसा पत्र वितरण गरिएको थियो । हाइ स्कुलमा अध्यनरत छात्र छात्रा बिच गरिएको निबन्ध प्रतियोगिताका विजयीलाई क्रमशः एक सय पचास, एक सय र पचास डलर नगद प्रदान गरिएको थियो । पहिलो स्थान प्राप्त गर्ने माउन्टेन भिस्टा हाइ स्कुलका अभी भण्डारी थिए भने द्वितीयमा लङ्मन्ट हाइस्कुल कि सुदिक्षा भट्ट, त्रितियमा थोमस जेफर्सन हाइस्कुलका रचिन राई थिए । उक्त निबन्ध क्रमैसँगै बिआरटिनेपाल डट कममा प्रकाशित गरिने छ भने उक्त कुराको जानकारी महासचिब टिका पौडेलले दिएका छन । 

त्यस्तै विभिन्न किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरूमा सकर, गल्फ, टेनिस, भलिबल, बाई साइकल रेस, बास्केट बल, लगायतका रहेका थिए । कार्यक्रममा खेलकुदका विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि मेयर ज्वाईसी डाउन्निङ, आयोजक संस्थाका अध्यक्ष विनोद त्रिपाठीले र संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । 

बाइसाइकल रेसमा रोहित श्रेष्ठ प्रथम, अर्बिन खनाल दोस्रो, प्रकाश ज्ञवालीले तेस्रो स्थान प्राप्त गरेका थिए भने महिला तर्फ आकृति ज्ञवाली प्रथम भएकी थिइन । गल्फ खेलमा सूचित शर्मा पहिलो, रिजुल कार्की दोस्रो तथा श्याम कनु तृतीय भएका थिए । बास्केट बल तर्फ धीरज गुरुङको टिमले पहिलो स्थान लिएको थियो । भलिबल तर्फ पहिलो कोलोराडो नेपाल ग्रुप र दोस्रोमा गोर्खाली ग्रुप विजयी भएका थिए । सकर तर्फ कोलोराडो नेपाली युथ क्लब पहिलो तथा लेकवुड टिम दोस्रो भएको छ । टेनिसमा नवीन पुडासैनी प्रथम भएका छन् । 

कार्यक्रममा विजयराज शर्मा, रोहिनी शर्मा, पदम विश्वकर्मा, कृष्ण मुरारी ढुङेल, गणेश भण्डारी, बुद्धि लामिछाने, जगन्नाथ गौतम, चन्द्र गुरुङ, सोम बराल, प्रेम काजी श्रेष्ठ, लछुमन राणा, राज ढुंगाना, प्रकाश बगाले, उज्वल सुनुवार, शरद आचार्य, धना पौडेल तथा भुपेन्द्र महत लगायत व्यक्तिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमलाई रोचक बनाउन कविता, गजल पनि प्रस्तुत गरिएको थियो ।

भिडियो भाग २

कार्यक्रममा जुलाई ५ मा कोलोराडोमा सडक दुर्घटनामा परेर अस्पतालमा हाल उपचार गराइरहेका मनोज पन्तको बारेमा उनका साथी दिनेश राज पन्तले जानकारी गराएका थिए । साथै मनोजलाई सहयोग गर्न अनुरोध गरेका थिए । सहयोग गर्नको लागि तलको गोफण्डको लिन्कमा क्लिक गर्नुहोला ।

Help Manoj get back on his feet!

कार्यक्रममा अर्को हप्ता जुलाई २१ मा हुने अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको एघारौँ वार्षिक सम्मेलन र अगस्त १० मा हुने बिपुल क्षेत्री साङ्गीतिक कन्सर्टको बारेमा पनि जानकारी गराइएको थियो ।

भिडियो भाग ३

बाल बालिका, वृद्ध, वृद्धा, युवा युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा आई लभ नेपालको टिसर्ट लगाएर आउने मानिसहरूको उपस्थिति रहेको थियो । ठुलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रममा सहभागीहरू एक आपसमा भलाकुसारी गर्दै रमाई रहेका थिए ।

कार्यक्रमको सञ्चालन आयोजक संस्थाका महासचिव टिका पौडेलले गरेका थिए भने अन्तमा अध्यक्ष विनोद त्रिपाठीले कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि लगायत पत्रकार, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू, सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

भिडियो

 

 

 

अरू फोटोहरूको लागि यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया