अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

कोलोराडोको पिकनिकमा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असार २३ गते २२:४६ मा प्रकाशित

सरर पानी घट्टमा, श्रीखण्ड चन्दन, ऐना हेरेर, झिलभिल सितारा, त हिँडे पोखरा माया हिँड्यो दाङको बसैमा, मिर्मीरे मुनि काली थुनेको, फुलको वासना, रुन्छ नि मन किन रुँदैन, घाम जस्तो चम्किलो जुन हुँदैन लगायतका सयौँ गीतमा आफ्नो आवाज दिएका लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले कोलोराडोमा शनिवार जुलाई १४ तारिख रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले आयोजना गरेको पिकनिकमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन् । 

गायक पुरुषोत्तम न्यौपाने नै हुन् जसले तीजका गीतमा पनि पुरुषले गाउन सक्छन् भनेर आफैँले सुरुवात गरे । उनी र प्रजापति पराजुलीले सुरुवात गरेको तिज गीतमा पुरुष आवाज राखिने चलनले अहिले ब्यापकता पाएको छ । हिजो आजको प्राय सबै गीतमा पुरुष आवाज र अभिनयले ब्यापकता पाउनुको श्रेय पनि गायक पुरुषोत्तम न्यौपानेलाई नै जान्छ ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा हुने उक्त समर पिकनिकका अन्य कार्यक्रमहरूमा निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार दिइने, विभिन्न खेलकुद: सकर, गल्फ, टेनिस, टेबुल टेनिस, भलिबल, बाई साइकल रेस, बास्केट बलको प्रतियोगिता विजेताहरूलाई पनि पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नेछ । साथै हाइस्कुल ग्राएजुएसन गर्नेलाई प्रमाण पत्र पनि वितरण गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिएका छन् ।

बाल बालिका, वृद्ध, वृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरूलाई नेपाल झल्कने टि-सर्ट लगाएर आउन आयोजक टिमले अनुरोध गरेको छ ।

प्रतिक्रिया