अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

यात्रा अ म्युजिकल भ्लगको छायाङ्कन प्रारम्भ

प्रदिप कार्की, काठमाडौँ २०७५ जेठ १ गते ९:२२ मा प्रकाशित

केही दिन अगाडी राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म “यात्रा अ म्युजिकल भ्लग” को छायाङ्कन प्रारम्भ भएको छ । राजधानीको कमलादीमा रहेको गणेस्थानमा पूजा गर्दै फिल्मको छायाङ्कन प्रारम्भ गरिएको हो । फिल्मका निर्माता केशव भट्टराई र सुशील पोखरेल, निर्देशक सम्राट् शाक्य, कलाकारहरू सलिनमान बानिया र सलोन बस्नेत, सिनेम्याटोग्राफर सञ्जय लामाले पुजागर्दै त्यसपछि फिल्ममा समावेश हुने दृश्यको छायाङ्कन भएको थियो । फिल्ममा निर्माताको रूपमा सुशील पोखरेल पनि जोडिएका छन् ।

प्राय एक्लै फिल्म बनाउने निर्माताको रूपमा चिनिने केशव र सुशील यसमा भने केही दिन अगाडी मात्र जोडिएका हुन् । गणेस्थान वरपर र गहनापोखरी वरपर फिल्मको छायाङ्कन गरिएको छ । डेब्यु फिल्म ’ए मेरो हजुर २’ मार्फत नै नोटिस भएका सलिनमान बानिया यसफिल्मका मुख्यकलाकार हुन् । फिल्ममा उनीसँगै सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगातशर्मा लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।

कोटकी कालीका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै फिल्ममार्फत सम्राट् शाक्यनिर्देशनमा डेब्यु गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भई यसक्षेत्रमा भित्रिएका सम्राट्ले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरू के यो मायाहो , मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए ।

फिल्ममा कथापनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायकनिर्देशक सुरेशनै रहेका छन् भने यसलाई सञ्जय लामाले खिच्नेछन् ।

फिल्ममा कविराजगहतराज र प्रवीण सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको सँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहनेछ । फिल्मको छायाङ्कन यहीँ वैशाख २५ बाट सुरु हुनेछ भने यसको पब्लिसिटी डिजाइनर टेवा क्रिएसन रहेको छ ।

सलिन मान बानिया: पहिलो फिल्म मार्फत नै पाएको मायाकोलागि दर्शक र मिडिया प्रति आभारी छु । राम्रो काम गर्ने कोसिस जारी नै रहनेछ । पहिलो फिल्म मार्फत मैले टेक्निकले कुरा पनिबुझ्ने मौका पाए । यसको कथाले नै मलाइ फिल्म गर्न प्रेरित गरेको हो । मलाइ फिल्मको अफर आयो, कथालिए र फ्याम्लीमा शेयर गरे । सबै ओके भएपछि म फिल्म गर्न राजीभएको हु । म यात्रा गरिरहेको एक युवकको भूमिकामा फिल्ममा प्रस्तुत हुदैछु । डेब्यु फिल्म भन्दा यसमा मेरो क्यारेक्टरमा फरक पाउनु हुनेछ ।

केशव भट्टराई ( फिल्मको पूजा गर्दै केही दृश्यको छायाङ्कन आज गरिएको हो। हामी रेगुलर सुटमा भने आउँदो ७ गतेबाट जादैछौ । फिल्म मार्फत युवापुस्ताको प्रेम र मित्रतालाई नै देखाउदैछौ । फिल्मकथा राम्रो छ , यसैले हामीले निर्माण गर्दै छौ । सम्राट् भोलिको दिनमा राम्रो निर्देशकमा पर्छ भन्नेमा म स्पष्ट छु । फिल्मलाई हामी यसै वर्ष प्रदर्शन गर्नेछौ भने सुटिङ आउँदो २५ गतेबाट स्टार्ट हुँदैछ ।

सुशील पोखरेल: फिल्मको कथा नै राम्रो भएकोले म निर्माणमा जोडिएको छु। केशव दाइ म भन्दा सिनियर हुनुहुन्छ र म पनि यस क्षेत्रमा अनुभव नै संगालेको हुनाले राम्रो हुन्छ भनेर सहकार्य गरेका हौ ।

सम्बन्धित सामग्रीहरू