अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

फिल्म ’रणवीर’को मोसन पोस्टर सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ असोज २५ गते ७:३९ मा प्रकाशित

माघ १८ गतेलाई रिलिज डेट सार्वजनिक गर्दै फिल्म ’रणवीर’ युनिटले मोसन पोस्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोस्टरमा फिल्मको एन्टागोनिस्ट र प्रोटागोनिस्ट बिचको द्वन्दलाई देखाइएको छ । ’ऐश्वर्य’ मार्फत चर्चामा आएका प्रशान्त ताम्राकारसँगै सुशील सिटौला एन्ग्री लुक्समा देखिएका छन् । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको मोसन पोस्टर युट्युबमा सार्वजनिक गरिएको छ भने हलमा टिजर रिलिज गरिएको छ । 

फिल्ममा शीर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् , जसलाई सार्वजनिक भिडियो सामाग्रीले प्रस्ट्याउने विश्वास निर्माण टिमको रहेको छ । सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार , हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवि गिरी , जीवन भट्टराई , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

यसै फिल्म मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन । शिक्षित युवाले समाजमा गर्ने सङ्घर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दीपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रूपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाङ्कन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द्व, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको सङ्गीत रहनेछ । गम्भीर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।

गोविन्द सिंह भण्डारी ( फिल्मको मोसन पोस्टर मार्फत हामीले एउटा कथालाई देखाउने प्रयास गरेका छौ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मलाई हामीले पूर्ण मनोरन्जनात्मक बनाउने कोसिस गरिरहेका छौ । फिल्ममा केही नयाँ पन पनि महसुस गर्नु हुनेछ , प्रस्तुतिको हिसाबले ।