अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

अमेरिकन नागरिक अन्ना स्टिरलाइ कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८०

बिआरटीनेपाल २०८० फागुन १२ गते ७:५२ मा प्रकाशित

फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् ।

कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो । नेपाली लोक गीत/लोक दोहरीको विधामा विद्यावारिधि (Ph. D) गरेकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरू प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचार-प्रसार गरी अद्वितीय योगदान पुर्‍याएकी उनी हवाई विश्वविद्यालयको सं.रा. अमेरिकाका सहप्राध्यापक एवं सोही विश्वविद्यालयको साउथ एसियन स्टडिज (South Asian Studies) का निर्देशक हुन् ।

विगत छ वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा रु १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर राशि तथा सम्मान पत्र सहित यो पुरस्कार प्रदान गरिन्छ ।

यस अघि सत्यमोहन जोशी- (२०७५), कृष्ण कंडेल – (२०७६), तुलसी दिवस– (२०७७), प्रा. डा. चूडामणि बन्धु- (२०७८) र कुमार बस्नेत- (२०७९) लाई प्रदान गरिएको यस पुरस्कार पाउने पहिलो विदेशी नागरिक अन्ना स्टिर भएकी छिन् ।

स्मृति दिवस २०८० कै अवसरमा श्रष्टा सम्मान तथा विभिन्न विधामा स्थापित छात्रवृत्तिसमेत वितरण गरिएको थियो कुरा संस्थाका अध्यक्ष प्रा डा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले बताउनु भयो।

कार्यक्रम पर्वत,फलेवास स्थित रहेको प्रतिष्ठानको भवनमा भएको थियो। सोही कार्यक्रममा काली भक्तका साइला छोरा गोविन्द प्रसाद पन्त र राइला छोरा शोभा भक्त द्वारा स्थापित छात्र वृत्ति, कुर्घा, लिमिठाना र खाल्ले स्कुलका जेहेन्दार बिध्यार्थीलाई वितरण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू