अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

नेपाली चलचित्र “कथा काठमाडौँ” को पोस्टर सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ असार २३ गते २२:३२ मा प्रकाशित

कान्तिपुर टेलिभिजनमा टेलिफिल्म ’कथा प्रेमका’ निर्देशन गर्दै आफूलाई भिजेसँगै निर्देशकको रूपमा समेत परिचित गराएकी संगीता श्रेष्ठ पछिल्लो समय फिल्म ’कथा काठमाडौँ’ को काममा व्यस्त छिन । टेलिफिल्मको अनुभवसँगै पुस्तक ’कथामा अल्झिएका प्रेम’ समेत लेखेकी संगीताले फिल्मको फस्टलुक अन्तर्गत पोस्टर सार्वजनिक गरेकी छिन । पोस्टरलाई ज्योतिमान डङ्गोलले तयार गर्नु भएको हो ।

काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई यसमा चित्रण गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको पात्रको लुक्स र काठमाण्डौमा भोगिने केही घटनाक्रमको प्रतिबिम्ब चित्रण गरिएको छ । असोज १२ मा रिलिज हुने यसफिल्ममा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरूको मुख्य भूमिका छ ।

आहाना फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राईको लगानी छ । फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

संगीता श्रेष्ठ: टेलिभिजनमा काम गर्नेमै कथा प्रेमका टेलिफिल्म तयार गरे । यस मार्फत राम्रो रेस्पोन्स मात्र आएन , अब फिल्म पनि गर्नु पर्छ भन्ने अफर पनि आयो । तर त्यस समयमा म परिपक्व थिइन् । त्यसपछि पुस्तक लेख्ने सोच बन्यो र ’कथामा अल्झिएका प्रेम’ । त्यस बेला पनि साथीभाइ तथा फिल्मकर्मीले दिएका प्रतिक्रियाले पनि मलाइ फिल्म निर्देशनमा हौसायो । त्यस्तो मैले कान्तिपुर टेलिभिजनको सो मार्फत फिल्म निर्माण शैली र बजारको बारेमा मात्र नभई सो कै लागि लिने गरेको दर्शक प्रतिक्रियाले पनि फिल्मलाई बुझ्न मदत गरिरहेको थियो । फिल्म निर्देशन गर्ने सोच बनेपछि आएको प्रःताव मध्य आफूलाई काम गर्न सहज हुने टिम चयन गरेर फिल्म निर्देशनमा आएकी हु । म अलि फरक कथा भन्न चाहन्थे , जसले गर्दा यो सब्जेक्टमा काम गरे । यसमा मैले काठमाण्डौमा रहिरहेका केही पात्रको कथालाई चित्रण गर्ने प्रयास गरेकी छु । फिल्मको पोस्टरमा पनि हामीले क्यारेक्टरको लुक्स र लस्ट, लभ एण्ड लाइफ भनेका छौ । असोज १२ गते रिलिज गर्ने फिल्मको बारेमा अन्य जानकारी आउँदा दिनमा हामी दिँदै जानेछौ ।