अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार कथाकार राजेन्द्र विमलको कथा–सङ्ग्रह सरबरिया टोललाई

बिआरटीनेपाल २०८० चैत १९ गते १४:०३ मा प्रकाशित

रामगीता बाङ्मय मन्दिर स्थापनाको पहिलो बर्ष बि.सं २०८० मा प्रदान गरिने ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमलको कथा–सङ्ग्रह ‘सरबरिया टोल’ लाई प्रदान गर्ने निर्णय गरिएको छ । यसअघि घोषणा गरिएको उत्कृष्ट ९ कृतिहरूमध्ये निर्णायक समितिले कथाकार विमलको उक्त कृतिलाई ‘अनेकन द्वन्द्वले विखण्डित तुल्याउँदै लगेको नेपाली समाजलाई जोड्ने, र अन्यायमा पारिएका जनतासम्म न्यायको उज्यालो पुर्‍याउने’ प्रशंसनीय प्रचेष्टा गरेकोले उत्कृष्ट ठहर गरी पुरस्कृत गर्ने निर्णय गरेको हो । उत्कृष्ट ९ मा परेका अन्य कृतिहरूमा विक्रमभक्त जोशीको ‘चोभार ब्लुज’, चन्द्र गुरुङको ‘जब एउटा मान्छे हराउँछ’, मनोज थारुको ‘टुवरा’, इल्या भट्टराईको ‘मिसर’, हरिबोल काफ्लेको ‘यशोधरा’, युवराज नयाँघरेको ‘याकजी’, राजेन्द्र तारकिणीको ‘बिगनरामको मादल’ र अशोक थापाको ‘सन्तापको धून’ परेका थिए । यो पुरस्कारमा ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।

यसै गरी २०८० सालको अशेष मल्ल–सावित्री रङ्गकर्म पुरस्कार नेपाली रङ्मञ्च र समग्र नाट्यक्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नुहुने वरिष्ठ रङ्गकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । यस पुरस्कारमा पनि ५० हजार राशिसहित ताम्रपत्र रहेको छ ।

पुरस्कार विजेता दुवै स्रष्टाहरूमा हार्दिक बधाई । दुबै पुरस्कारहरु एक विशिष्ट समारोहबीच छिटै प्रदान गरिने छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू