अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन

बिआरटीनेपाल २०८१ वैशाख ४ गते ६:५५ मा प्रकाशित

साहित्यकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। मंगलबार दिउँसो ४ बजेतिर उपचारको क्रममा उहाँको निधन भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि पंगेनीलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ अस्पताल लगिएको शुभप्रभात साहित्री कुन्जका उपाध्यक्ष कृष्ण मर्सानीले बताउनुभयो । ‘श्वासप्रस्वासमा समस्या देखिएर लगिएको थियो। किड्नी, फोक्सोमा पनि समस्या भएको रहेछ,’ उहाँले भन्नुभयो । पंगेनीको बुधबार दिउँसो अन्त्येष्टि गरिने मर्सानीले जानकारी दिनुभयो।

पंगेनी प्रेमिल गलज रचनामा माहिर हुनुहुन्थ्यो । ‘तगारो छेउ आएर’ उहाँले रचना गरेको लोकप्रिय गीत हो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू