अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

अनुभव रेग्मी अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक

प्रदिप कार्की, काठमाडौँ २०७५ भदौ १७ गते ९:१३ मा प्रकाशित

फिल्म ’नाइँ नभन्नु ल’ सेरिज मार्फत आफूलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ । पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् । भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि फिचर्ड छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केही भिन्न रूपमा प्रस्तुत गरिएको छ । नारायण भण्डारी ’जनकपुरी’ को शब्द र सङ्गीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जिन्दगी रक्स र फाटेको जुत्ताको समेत निर्देशन गरिसकेका निकेश पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम मध्यका एक हुन् ।

निकेश खड्का ( मैले गरिरहेका भिडियोमा यसलाई केही फरक बनाउने कोसिस गरेको छु । प्राय रोमान्टिक भिडियो गरिरहेको मैले यसमा कमेडी थपेको छु । यो भिडियो पनि प्रेममै केन्द्रित छ तर प्रस्तुतीकरणमा केही फरक बनाउने कोसिस गरेको छु । त्यसै अनुसार प्रियंका , आयुष्मान र अनुभवलाई कास्ट गरेको हु ।

प्रियंका कार्की , अभिनेत्री ( यो भिडियोमा काम गर्दा मलाइ निकै रमाइलो भयो । मलाइ एकदमै मन पर्ने अनुभव र मेरो जीवनसाथी आयुष म सँग थिए । त्यसो त हामीले हरेक भिडियोमा ईन्जोय गर्छौ तर यसमा आयुष र अनुभवसँगको स्क्रिन शेयरले मलाइ खास बनाएको छ । भिडियो मेरो लागि खास छ ।

दीपक महर्जन , गायक ( मैले गायन यात्रा स्टार ब्रदर्स ब्यान्ड मार्फत आरम्भ गरेको थिए। अहिले ब्यान्ड नभएता पनि आफूलाई यस क्षेत्रमा भने निरन्तर अगाडी बढाई रहेको छु। २०६० सालमा आएको एलबम फिचर ६३ मा समावेश प्रियसी प्रियतम र २०७३ मा आएको एलबम डिफरेन्ट टेस्ट को थाहा नै नपाई गीत झैँ यसलाई यो मनकी उजेलीलाई पनि रुचाउनु हुन्छ भन्ने विश्वास छ।