अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३८ | Colorodo: 14:53

प्रोजेक्ट वानले “फेरी उठ्नेछ नेपाल-४” शीर्षकमा देशका मुख्य सहरहरूमा कन्सर्ट गर्ने

प्रदिप कार्की, काठमाडौँ २०७५ वैशाख १६ गते ९:१५ मा प्रकाशित

नेपालका चर्चित ब्यान्डका सदस्यहरू आबद्ध भएको नयाँ ब्यान्ड ‘प्रोजेक्ट वान’ले ’फेरी उठ्नेछ नेपाल (४’ शीर्षकमा देशका मुख्य सहरहरूमा कन्सर्ट गर्ने भएको छ । व्याण्डवागन बाइ पोजिटिभ भाइब्सको प्रस्तुतिमा सन् २०१६ मा जावलाखेलमा नेपथ्यसँग फेरी उठ्नेछ नेपाल र सन् २०१७ मा यसको दोस्रो संस्करण नेपथ्यसँग नै पोखरामा गरेको थियो । 

त्यसपछि सन् २०१८ को सुरुवातमा बुटवलमा यसै शीर्षकमा फेरी उठ्नेछ नेपाल ३ विथ प्रोजेक्ट वानको आयोजना व्याण्डवागन बाइ पोजिटिभ भाइब्स गरिसकेको छ । अब व्याण्डवागन बाइ पोजिटिभ भाइब्सले फेरी उठ्नेछ नेपाल ४ अन्तर्गत देशका विशिन्न सहरमा कन्सर्ट गर्दैछ , जसको सुरुवात बनेपाबाट भएको छ । शनिवार ब्यान्डले बनेपामा आफ्नो भव्य कन्सर्ट गर्न सफल भएको छ ।

यसै गरी बनेपा बसपार्कमा आयोजित कन्सर्टमा सबैले आफ्नो हिट गीतहरू प्रस्तुत गर्नुका साथै एकले अर्काको गीत गाएका थिए । रविनले मुक्तिको गीत गाउँदा स्याडोजले अनुप्रस्थको गीत गाएका थिए । यस किमिमको फ्युजन उपस्थित दर्शकलाई सरप्राइज थियो । साँझ ६ स् ३० देखि सुरु भएको कन्सर्ट झन्डै ८ स् ३० सम्म चलेको थियो । कन्सर्टमा सहभागी हुन् विशेषता युवा दर्शकको भिडभाड रहेको थियो । 

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले स्थापना गरेको ब्यान्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् । यसैले गर्दा पनि ब्यान्डको प्रस्तुति हेर्नका लागि बनेपालि दर्शकको राम्रो उपस्थिति रहेको थियो ।

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकाश कायस्थले दर्शकको उल्लेख्य उपस्थितिले आफूहरूलाई थप ऊर्जा मिलेको बताए । ब्यान्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स ब्यान्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । 

विकाश कायस्थ , फाउण्डर प्रोजेक्ट वान ( हामीले सङ्गीत पारखीलाई मध्य नजरगर्दै विभिन्न ब्याण्डमा रहनु भएका चर्चित भोकलिस्ट , गिटारिस्टलाई एकै समूहमा ल्याएका हौ । प्रोजेक्ट वान अन्तर्गत हामीले बनेपामा गरेको कन्सर्ट भव्य रूपमा सम्पन्न भएको छ । यसले हामीलाई फेरी उठ्नेछ नेपालको चौथो संस्करण गर्न निकै हौसला थपेको छ । हामी छिटै नै राजधानी स्थित देशका प्रमुख सहरमा कन्सर्ट गर्दै छौ । साथै हामीले एल्बम पनि सार्वजनिक गर्दै छौ । 

तस्बिरहरू: सचित खड्का, बनेपा

सम्बन्धित सामग्रीहरू