अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

आस्क फाउण्डेशनको कोलोराडोमा दोस्रो साधारण सभा सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ चैत २५ गते ९:२८ मा प्रकाशित

आस्क फाउण्डेशनले आफ्नो दोस्रो साधारण सभा गाला डिनर तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । मुटु रोग बिशषज्ञ डा. रश्मि थापा अध्यक्ष रहेको उक्त संस्थाका पदाधिकारीको परिचय गराएको थियो । जसमा डा.पंकज तिमील्सेना (सचिव), सुनिल आचार्य (कोषाधक्ष्य) अतुल रायमाझी (सूचना सञ्चार र प्रशासन प्रमुख) र उप सचिव डा. स्वीकृति उपाध्याय रहेका थिए ।

नेपालको दुर्गम भागमा टेले मेडिसिन, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको आस्क फाउण्डेशनले आयोजना गरेको यस फण्ड रेज डिनर नाइटमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा सहयोगी व्यक्तित्वहरू सहभागिता थियो ।

आकृति पौडेलले सन्चाल गरेको उक्त कार्यक्रममा सम्झना पाण्डे र दीपक गौतमले आफ्नो गायनबाट संङीतमय वातावरण श्रीजना गरेका थिए भने स्वीकृति उपाध्याय् र भुपेन्द्र महतको गजल तथा अभ्यास र आयुशा भट्टराईको नृत्यले अझ रोचकता थपेको थियो । साथै आस्क फाउण्डेशनलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । 

प्रतिक्रिया