अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

अमेरिकामा पूर्व अर्थमन्त्री आचार्य र वरिष्ठ पत्रकार/कथाकार दिक्षित अभिनन्दित (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ चैत ४ गते ११:१४ मा प्रकाशित

पूर्व अर्थमन्त्री तथा गीतकार महेश आचार्य र वरिष्ठ पत्रकार/कथाकार बिनोदमणी दिक्षितलाई अमेरिकाको कोलोराडोमा अभिनन्दन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा हिजो शनिवार सम्पन्न कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा दिक्षित र आचार्य अभिनन्दित भएका हुन् । प्रमुख अतिथि महेश आचार्यले पानसमा बत्ती बालेर सुरु गरिएको कार्यक्रममा स्व. इन्द्र बहादुर राईको सम्झना तथा त्रिभुवन विमानस्थलमा बङलादेश विमान दुर्घटनामा परेर दिवङत भएका देशी तथा विदेशी व्यक्तिहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो । 

वरिष्ठ पत्रकार कृष्ण ज्ञवालीले पत्रकार विनोद मणि दिक्षितको बारेमा प्रकाश पारेको कार्यक्रममा साहित्यकार, प्रोफेसर प्रभात मणि दिक्षितले अभिन्दित महेश आचार्यको बारेमा प्रकाश पारेका थिए भने अध्यक्ष कृष्ण मुरारी ढुङेललेले विनोद मणि दिक्षितको कथा तथा ध्रुव चन्द्र गौतमको पटकथा/सम्बाद र नेपाल टेलिभिजनबाट निर्मित तराईको जन जीवनमा आधारित पहिलो धाराबाहिक शृन्खला “राप” को सानो सम्बाद अभिनय गरेर देखाएका थिए । उक्त धाराबाहिक सिरियलको निर्देशन रमेश बुढाथोकीले गरेका थिए । 

वरिष्ठ गायिका उषा किरण अधिकारीले आफ्नो चर्चित गीत धेरै चोटि आँखा झुध्यो प्रस्तुत गरेको अभिनन्दन समारोह तथा कवि गोष्ठीमा यसोधा भट्ट, हरि श्रेष्ठ, बिजयदेव अधिकारी, मिना पौडेल, धन पौडेल, बि के श्रेष्ठ तथा तीर्थ बर्मा (साहित्यकार आहुतिको कविता वाचन) लगायतले कविता र गीत भित्रका श्लोक सुनाएका थिए भने सानी बहिनी आर्या चालिसेले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिइन । 

प्राध्यापक तथा साहित्यकार प्रभातमणी दिक्षीत एवं पत्रकार कृष्ण ज्ञावाली र कोलोराडो निवासी डा.बिष्णुबहादुर श्रेष्ठलाई समेत सम्मान गरिएको कार्यक्रममा सााहित्य, सङ्गीत तथा सामाजिक क्षेत्रमा सक्रिय योगदान पुर्‍याएका कोलोराडो निवासी वरिष्ठ गायिका उषाकिरण अधिकारी, साहित्यकार प्रमीला शर्मा, सङ्खुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, कवि धन पौड्याल, आयोजक संस्थाका उपाध्यक्ष मिना पौड्याल तथा सक्रिय सदस्य यसोदा भट्टलाई खादा ओढाई सम्मान गरिएको थियो भने बिनोदमणी दिक्षितकी धर्म पत्नी रिता दिक्षीत र महेश आचार्यको धर्म पत्नी मिना आचार्यलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

प्रमुख अतिथि महेश आचार्यले, यो कार्यक्रमका माध्यमबाट कोलोराडोका साथीहरूसँग भेट्ने मौका मिल्यो । कृष्ण भाइ लगायत कोलोराडोका साथीहरूले सम्मान पत्र दिँदा खुसी लागेको छ यो सम्मान र अन्तरक्रियाले थप जिम्मेवारी महसुस भएको छ । नेपाल कला साहित्य संस्कृतिको परम्परा बोकेको देश हो । सीमित परिधिबाट पनि स्वयत कल्पनाबाट पनि त्यहाँका काठ पत्तथरमा कुदिँएका चित्रहरू पनि यसका उदाहरण हो । जो कोलोराडोमा तपाँईहरुसंग भेट्दा यो महसुस गर्दैछु भन्नु भएको छ । 

कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, एनआरएन अमेरिकाका सल्लाहकार बुद्धि लामिछाने, समाजसेवी डा. विजयराज शर्मा, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुङ्गाना, ग्लोबल फोरमका तीर्थ बर्मा, रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष विनोद त्रीपाठी, आर्थिक पत्रकार विजय घिमिरे, कलाकार निर्मल प्याकुरेल, किराँत राई समाजका पूर्व अध्यक्ष आकाश राई, यूएस नेपाल न्यूजका विकल पराजुली, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, लगायतका सङ्घ संस्थाका प्रतिनिधि तथा पदाधिकारी तथा आयोजक संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । फोटो: शैलेश पोखरेल

 

 

 

 

प्रतिक्रिया