अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

शनिबार कोलोराडोमा एकै दिन ३ वटा कार्यक्रम हुँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ फागुन २९ गते १०:३० मा प्रकाशित

अमेरिकाको कोलोराडोमा मार्च १७ तारिख शनिवारका दिन ३ वटा कार्यक्रम आयोजना हुने भएको छ । शनिवार १०९ औँ महिला दिवस विशेष वृहत् अन्तरक्रिया, नेपाल नाइट २०१८ र स्रष्टा सम्मान कार्यक्रम छुट्टा छुट्टै संस्थाको आयोजनामा कोलोराडोका फरक फरक स्थानमा हुने भएको हो ।

यी कार्यक्रम मध्य पहिलो एनआरएन कोलोराडो च्याप्टर र एनआरएन हेल्प डेक्सको संयुक्त आयोजनामा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बृहत् अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम रहेको छ । जुन शनिवार बिहान ११ बजेबाट दिउँसो ३:३० सम्म कोलोराडोको 6590 W 120th Ave, Broomfield, CO 80020-2969, United States मा हुनेछ । 

एनआरएन अमेरिकाका केन्द्रीय अध्यक्ष केशव पौडेलको प्रमुख आतिथ्यमा हुने यो कार्यक्रमका लागि एनआरएन आईसिसी क्षेत्रीय संयोजक गौरीराज जोशी पनि सहभागी हुनु हुनेछ ।

दोस्रो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा श्रष्टा सम्मान तथा मासिक कविता वाचन रहेको छ । Broomfield Library 3 Community Park Broomfield, CO 80020 मा अपरान्ह २ बजे देखि ४: ३० बजेसम्म चल्ने यस कार्यक्रमका लागि नेपालबाट प्रमुख अतिथिताका रूपमा वरिष्ठ पत्रकार तथा कथाकार विनोदमणि दीक्षित, माननीय पूर्व अर्थमन्त्री, गीतकार महेश आचार्य, प्राध्यापक तथा साहित्यकार डा. प्रभात मणि दीक्षित, एवं वरिष्ठ पत्रकार कृष्ण ज्ञवाली कोलोराडो आउने हुनु भएको छ ।

त्यस्तै तेस्रो कार्यक्रम सी. यु. बोल्डरका नेपाली विद्यार्थीहरूले आयोजना गरेको म्युजिकले नाइट २०१८ रहेको छ । कुशलता सुबेदी अनुसार जसमा सज्जन राज वैद्य, बर्तिका राई, दिवस गुरुङ लगायतको प्रस्तुति रहने छ । यो कार्यक्रम कोलोराडोको The Glenn Miller Ballroom, CU Boulder मा साँझ ६ बजेबाट राती १० बजे सम्म चल्ने छ । कार्यक्रम हेर्न टिकट लिनु पर्दैन । फ्री इन्ट्री भएको यो कार्यक्रममा खाना पनि फ्री खुवाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया