अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

अनेसास कोलोराडो च्याप्टरले ४ श्रष्टा सम्मान गर्दै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ फागुन २१ गते १८:५६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा आयोजना गरिने श्रष्टा सम्मान तथा मासिक कविता वाचन कार्यक्रममा यस पटक नेपालबाट प्रमुख अतिथिताका रूपमा वरिष्ठ पत्रकार तथा कथाकार विनोदमणि दीक्षित, माननीय पूर्व अर्थमन्त्री गीतकार महेश आचार्य, प्राध्यापक तथा साहित्यकार डा।प्रभात मणि दीक्षित, एवं वरिष्ठ पत्रकार कृष्ण ज्ञवाली आउने हुनु भएको छ । उक्त कुराको जानकारी अनेसास कोलोराडो च्याप्टर अध्यक्ष कृष्ण मुरारी ढुङेलले बिआरटी नेपाललाई बताए ।

अनेसास कोलोराडो च्याप्टरले उक्त कार्यक्रममा सम्पूर्ण कोलोराडोबासी साहित्यप्रेमी महानुभावहरू, कवि, साहित्यकार, कलाकार, गायक तथा सम्पूर्ण सङ्घ संस्थाका अध्यक्ष एवं प्रतिनिधीज्युहरूलाई आ-आफ्नो गीत, कविता, नृत्य, मुक्तक, संस्मरण सहित वाचनका लागि एवं श्रवणका लागि समेत उपस्थित हुन अनुरोध गरेको छ ।

दीनाङ्क : मार्च १७ शनिवार
समय: अपरान्ह २ बजे देखि ४:३० बजेसम्म

स्थान :
Broomfield Library
3 Community Park
Broomfield, CO 80020

प्रतिक्रिया