अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

कोलोराडोमा होली खेलिने

नातिबाबु भट्ट, कोलोराडो २०७४ फागुन १० गते २२:४२ मा प्रकाशित

कोलोराडो निवासी नेपालीहरूले वसन्त ऋतुको आगमन सँगै आपसी मेलमिलाप र सद्भावको रूपमा मनाइने होली कार्यक्रम आयोजना गर्ने भएका छन् ।

नेपालीहरूको साझा संस्था नेपाली घरले सधैँ झैँ यस बर्षपनि आगामी मार्च ३ तारिख शनिवारका दिन दिउसो १२ बजे देखी २ बजे सम्म ब्राईटन स्थित सनातन मन्दिरमा होली कार्यक्रम भव्यताका साथ आयोजना गरिने अध्यक्ष लक्षुमण रानाले बताएका हुन् ।

अध्यक्ष रानाले कोलोराडो स्थित सबै संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार, कर्मचारी तथा सर्वसाधारण बुबा आमा, दाजुभाइ, दिदी बहिनी तथा नेपाल र नेपालीको संस्कृति प्रति आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा होली खेली संस्कृति र परम्पराको जगेर्ना गर्न सबैलाई अनुरोध गरेका छन् ।

असत्य माथि सत्यको र अधर्म माथि धर्मको विजय प्रतीकको रूपमा मानाईने होली नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिँगारी गाडिएको चिरमा आजापुजा गरेपछि बिधीबत् रूपमा सुरु भएको मानिन्छ ।

दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्र≈माबाट आगोले छुन नसक्ने वरदान पाएकी आङ्खनी बहिनी होलिकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउँदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकाले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

त्यसै गरी द्धापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाइएकी राक्षसनी पुतनाले आङ्खनो स्तनमा विष लगाएर कृष्णलाई दूध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ । 

प्रतिक्रिया