अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४७ | Colorodo: 06:02

नया बर्षको २०१८ को उपलक्ष्यमा घरबार बिहिनलाई खाना वितरण

नातिबाबु भट्ट, कोलोराडो २०७४ पुष १७ गते २०:०६ मा प्रकाशित

कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबारबिहिन स्थानीयलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो । लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा झण्डै १ सय ५० जना घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल,भात, तरकारीको स्वाद लिई खुशी साथ खाएका थिए । उनीहरु ढोकाबाट भित्र पस्दा ओ स्मेल्स् गुड भन्दै पसेका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता गरेको थियो ।

आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १.३० बजे सम्म संचालन भएको थियो । खाना लायन्सका पदाधिकारीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरिएको थियो । खाना बितरण स्थल आवर सेन्टरमा बिहान ८.३० बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी लायन्सका ६ नर्थ ईष्टका डिष्ट्रिक गर्भनर डेबिड डे, पूर्व डिष्ट्रिक गर्भनर केननोर गिल, ग्वोवल मेम्बर चेयर पर्शन देवमेण्डल हल, ६ नर्थ ईष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, ६ नर्थ ईष्टका चेयर पर्शन जोशन श्रेष्ठ, आवर सेन्टरका सुपरभाईजर केण्डी, बाल बालिकाहरु संस्कार श्रेष्ठ, आर्यन श्रेष्ठ, बलाम श्रेष्ठ , सुदक्षिणा भट्ट, सुदिक्षा भट्ट र आश्विनी श्रेष्ठ लगायत २३ जना सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका अध्यक्ष प्रमोद श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया