अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

कोलोराडो सप्ताहको सम्पूर्ण खर्च आम्दानीको प्रतिवेदन सार्वजनिक

नातिबाबु भट्ट, कोलोराडो २०७५ भदौ ३ गते २२:३५ मा प्रकाशित

सङ्घ संस्थाद्धारा आ–आफ्नो धारण प्रस्तुत

नेपाली सामुदायिक भवन निर्माण गर्न सहयोग सङ्कलन गर्ने उद्देश्यले आयोजित कोलोराडो सप्ताहको शनिवार एक समारोह बिच सम्पूर्ण आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । सप्ताहको विस्तृत आम्दानी खर्चको विवरण तयार पार्न आर्थिक समितिको आग्रहमा गठित ३ सदस्सिय लेखा परीक्षण समितिले दिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । कार्यक्रममा सङ्घ संस्थाका पदाधिकारी, अध्यक्ष मण्डलका सदस्य, गन्यमान्य, बुद्धिजीवी, सहयोग दाता, पत्रकार, ब्यवसा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा क्रियाशील सबै सङ्घ संस्थाहरूको आयोजनामा गत अप्रिल २८ देखि मे ५ तारिख सम्म आयोजित श्रीमद् भागवत महापुराणको आम्दानी खर्च विवरण, आर्थिक समितिका संयोजक संगिता सोत्रीया र नेपाली घरका कोषाध्यक्ष एवं आर्थिक समितिका सदस्य जगदीश ढकालले पुराण लगाएको स्थानमा सार्वजनिक गरेका हुन् । कार्यक्रममा लेखा परीक्षण समितीकातर्फबाट सदस्य द्धय सोम बराल र रोहित ढुङेलले आम्दानी खर्चको विवरण पेनी, पेनी हिसावगरी व्यवस्थित तरिकाबाट राखिएको आफूहरूले पाएको बताएका थिए ।

यसरी सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नगद सहयोग तथा कलशबाट आम्दानी जम्मा १ लाख २० हजार ९ सय ४ डलर १५ सेन्ट, र सहयोग दाताहरुले दान गर्न प्रतिबद्धता जनाएको रकम ४ लाख ६९ हजार ६ सय ६० डलर ३२ सेन्ट गरी, जम्मा सहयोग सङ्कलन ५ लाख ७७ हजार ९ सय ८९ डलर ४७ सेन्ट रहेको छ । यसबाट विभिन्न शीर्षकमा ४४ हजार २ सय ५५ डलर २९ सेन्ट खर्च भई नेपाल घरको खातामा ७६ हजार ६ सय ४८ डलर ८६ सेन्ट रहेको कोषाध्यक्ष जगदीश ढकालले बताए । कार्यक्रमको दोस्रो चरणमा अब नेपाली र नेपाली मूलका नेपाली भाषीहरूको आस्थाको केन्द्र नेपाली सामुदायिक भवन निर्माण प्रक्रियालाई कसरी अगाडी बढाउने भन्ने बारेमा उपस्थित संध संस्थ्ाँका प्रतिनिधिहरूबाट आ– आफ्नो अवधारण प्रस्तुत गरिएको थियो ।

यसरी अवधारणाहरू प्रस्तुतगर्नेहरुमा अध्यक्ष मण्डलका तर्फबाट डा. विजयराज शर्मा, नेपाली घरका अध्यक्ष लछुमण राना, रकी माउन्ेट फ्रेण्डस् अफ नेपालका अध्यक्ष विनोद त्रिपाठी, ग्लोबल भुटनीज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष राज ढु¨ाना, ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्मा, लङमन्ट हिमालयज् लायन्सका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, तमु धि कोलोराडोका सचिव भुवन गुरुङ र ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका श्रीराम लुइँटेल रहेका थिए । त्यस्तै कार्यक्रममा टिका पौडेलले सम्पूर्ण कोलोराडो बासीका तर्फबाट भन्दै लिखित अवधारण प्रस्तुत गरेका थिए । 

उनीहरूले अब साना तिना समस्याहरूमा नअल्झि जोड तोडका साथ दाताहरूबाट प्रतिबद्धता गरिएको सहयोग रकम संकलनगर्न, सामुदायिक भवन निर्माण स्थल पहिचाहन गरी खरिद गर्न सबै सङ्घ संस्थाका प्रतिनिधि रहेको समितिहरू चयनगरि प्रक्रिया आगडी बढाउन सुझाएका थिए ।

कार्यक्रममा विषय बस्तु प्रवेश अध्यक्ष मण्डलका सदस्य रामप्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्का सदस्य नवीन दत्तले गरेका थिए ।