अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

नेपाली भाषा कक्षा सञ्चालन गरेको एकबर्ष पुगेको उपलक्षमा प्रशंसा पत्र वितरण

नातिबाबु भट्ट, कोलोराडो २०७४ माघ १७ गते ६:४९ मा प्रकाशित

हिमालयज् लायन्स क्लबद्धारा लङमन्टमा सुरु गरिएको पहिलो नेपाली भाषा कक्षा एकबर्ष पुगेको उपलक्षमा आइतबार एक कार्यक्रम आयोजना गरी सहभागी छात्र छात्रा, शिक्षक र भाषा शिक्षाका कोर्डिनेटरलाई प्रशंसा पत्र वितरण गरिएको छ । 

लङमन्ट स्थित एभरेष्ट रेष्टुरेण्टमा आयोजित कार्यक्रममा सहभागी छात्र छात्रा अभिभावक तथा शिक्षकलाई हौसला जगाई कक्षालाई निरन्तरता दिन प्रशंसा पत्र वितरण गरिएको क्लबका पदाधिकारीहरूले बताएका छन् ।

नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर सुरुगरिएको कार्यक्रममामा लायन्सका ६ नर्थ इष्टका डिष्ट्रिक गभर्नर डेबिड डे, पूर्व डिष्ट्रिक गभर्नर केन ेमोर , ग्वोवल मेम्बरसिप चेयर पर्सन देवमेण्डल हल, ६ नर्थ इष्टका द्धितिय उपाध्यक्ष मिसायल गिल, डिष्टीक सेक्रेटरी कारेन सीवल, पूर्व अन्तर्राष्ट्रिय डिरेक्टर केल सिवल, जोन चेयर पर्सन जोशन श्रेष्ठ, लङमन्ट हिमालयज् लायन्स क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, समाजसेवीहरू नारायण श्रेष्ठ, बिके श्रेष्ठ, यूएस न्यूजका विकल पराजुली, लयन्सका पदाधिकारी, भाषा कक्षामा सहभागी छात्र,छात्रा र उनीहरूका अभिभावकहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्सका ६ नर्थ इष्टका डिष्टीक गभर्नर डेबिड डेले आफू नेपाली भाषा कक्षाको यस समारोहमा सहभागी हुन पाउँदा धेरै खुसी लागेको भन्दै बाल बालिकाहरूलाई सक्रिय रूपमा सहभागी हुन र अभिभावकलाई आङ्खना बाल बालिकाहरूलाई निरन्तर सहभागी गराउन हौसला दिएन् । त्यसै गरी क्लबका अध्यक्ष प्रमोद श्रेष्ठ मातृ भूमिको भाषा र संस्कृतिको संरक्षण गर्न तथा दोस्रो पुस्तामा हाम्रो भाषा र संस्कृति हस्तान्तरण गर्ने वातावरण श्रृजनागर्न भाषा कक्षाको जरुरत रहेको प्रष्ट्याए । कार्यक्रममा उनले सहभागी बाल बालिका तथा अभिभावक सबैलाई धन्यवाद दिँदै, कोलोराडोमानै पहिलो नेपाली भाषा कक्षालाई निरन्तरता दिन सबैसँग साथ र सहयोग आग्रह गरे । त्यसै गरी अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल र समाजसेवी नारायण श्रेष्ठले भाषा कक्षालाई निरन्तरता दिन र यसको महत्त्व बुझाउन आफूले सक्दो सहयोगगर्ने बताउँदै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । 

त्यस्तै सोही कार्यक्रममा लायन्सका नयाँ सदस्य दिनेश श्रेष्ठलाई डिष्ट्रिक गभर्नर डेबिड डे प्रमाण पत्र र पूर्व डिष्ट्रिक गभर्नर केन मोरले खादा लगाई दिई स्वागत गरेका थिए भने, क्लबका अध्यक्षले सदस्यताको प्रम्ँँण्ँ पत्र जोन चेयरले पिनलगाई दिएर स्वागत गरेका थिए । कार्यक्रममा जोन चेयर पर्सन जोशन श्रेष्ठ लायन्समा प्रवेशगरेको २५ वर्ष पुगेको उपलक्ष्यमा पूर्व अन्तर्राष्ट्रिय डिरेक्टर केल सिवाले उनलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

नेपालीहरूको सकृयतामा कोलोराडोमा गठित लायन्स क्लबले स्थापनाको १८ महिना पुग्दैगर्दा क्लबको माताहतमा रहनेगरी निकट भविष्यमै लियो बाल क्लब स्थापना गर्न लागेको बताइएको छ । त्यसै गरी सोही समारोहमा ब्यवसाही तथा समाजसवी बाबुकाजी श्रेष्ठले पसलमा ग्राहकले डोर्नेसन गरेको रकम सङ्कलन गरी क्लबको सहयोगार्थ अध्यक्ष प्रमोद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।