कोलोराडोमा सक्रिय संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपाल र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजना शनिवार रक्तदान कार्यक्रम सम्पन्न भयो । नर्थग्लेनमा स्थित क्रसरोड चर्चमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिला र १३ जना पुरुष गरी २० जना नेपालीले रक्तदान गरेका हुन् । रक्तदान गर्न इच्छुक झन्डै ३० जना भए पनि विभिन्न कारणले गर्दा २० जनामात्र रक्तदान गर्न योग्य ठहरिएका थिए ।
रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्मा, नेपाली घरका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल, नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र महत, थ्रोन्टन सिष्टर ग्रुपका संयोजक धन पौडेल, सरोज भुषाल, क्षितिज गुरुङ, विनीता वाग्ले, सुरेन्द्र महर्जन, सन्जु थापा, सुलेखा न्याछ्यो, रवि श्रेष्ठ , श्रीराम लुईटेल , लुना पौडेल, दीक्षा कार्की, दीपक सुनुवार, ज्योति सुनुवार, शुरेसचन्द्र प्रधान, मोहनराज मीश्र र नातिबाबु भट्ट रहेका छन् । 
आयोजक संस्था रकी माउटेण्ड फ्रेण्डस् अफ नेपालका अध्यक्ष विनोद त्रीपाठीले एक जनाको रगतले ३ जनालाई बचाउन सकिने यस्तो अमूल्य दानको कार्यक्रम नियमित गरिने उनको भनाई रहेको छ ।
रक्तदान कार्यक्रम सफल पार्न बोन फिल्ड रक्तसंचार केन्द्र बोल्डरको प्राविधिक सहयोग र क्रसरोड चर्चले ठाउँ उपलब्ध गरेर सहयोग गरेको ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका कोर्डिनेटर टिका पौडेल बताएका छन् । रक्तदान गरौँ जीवन बचाउ भन्ने मूलनारालाई आत्मा साथ गर्दै विगत लामो समय देखि ब्लड डोनर्स अफ अमेरिकाले रक्तदान गर्न अभिप्रेरित गर्दै आएको र यसको अमेरिकामा २२ स्टेडमा शाखा बिस्तार भएको केन्द्रीय सदस्य भुषणलाल श्रेष्ठले बताउँछन् । 
कोलोराडोमा सङ्कलन भएको रगत कोलोराडो भित्रै खपत हुने रक्त सञ्चारका कर्मचारीहरू बताए । कुनै पनि व्यक्तिको शरीरबाट निकालिएको रगत ४२ दिन सम्म मात्र प्रयोग गर्न सकिन्छ ४२ दिन पछि त्यो रगत काम नलाग्ने हुँदा कुनै बेला खपत हुन नसकि फाल्नु पर्ने अवस्था आयो भने मात्र स्टेट बाहिर पठाइने उनीहरूको भनाई छ । 


caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/sites/15a/0/0967b38d73/public_html/wp-includes/functions.php on line 6170