अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

२ मुक्तक

राकेश कार्की २०७४ पुष १६ गते १५:२६ मा प्रकाशित

 

१  मान्छेको मन

मान्छेको मन चर्किन सक्छ
रसाए आँखा दर्किन सक्छ
कोही गइरहन्छ पर पर
कोही मायाले फर्किन सक्छ

२  एक दुई घुट्की

एक दुई घुट्की तीस भयो
त्यस पछि विष भयो
मीठो मीठो मायाको कुरो
अचानक रिस भयो