अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

तीन घुम्तीका घुमाइहरू

युवराज मैनाली २०७९ भदौ ४ गते ११:४८ मा प्रकाशित

वातावरणको छेदन पुञ्ज व्यक्तित्व हम्मेसि भेटिँदैन । वरपर मात्र होइन टाढा टाढासम्म प्रभाव पारिरहेको छ, पारिरहने छ । विशिष्टता र साधारणतर्फm बिचार्दा पनि साधारण प्रभाव तत्त्वमा सहजसँग समाहित रहन कहिले नसकिने पनि हुँदो रहेछ । विशिष्टतामा कुन प्रभावतत्व बढी घुलनशील छ, ढल्काइको डिग्री कतिसम्मको छ । त्यसको अध्ययन मन्थन गरेर आफूलाई त्यो तथ्यबाट भिजाउँदछ । यसतर्फm बिचार्दा बिरल मध्येका उनी होइनन् । साधारणका पङ्कीमा पनि उनलाई राख्नै सकिन्न । तर हो उनमा विलक्षणका रङ्ग ढङ्ग चढ्न पुगेको निष्कर्ष निस्कन सक्दछ । यही विलक्षण तत्त्वबाट उनको जीवनपर्यन्त उनका सिर्जनाका धार सङ्गमको रूपमा प्रवाहित रहेको देखा पर्दछ । ऊ आफूmलाई राजनीतिक पथमा समाजवादी पथिकको रूपमा चिनाउन खोज्दछ । अर्को धारमा उसले आफूलाई साहित्यिक रूपमा चिनाई सकेपछि चिन्तनको रूपमा अराजकतावादको धारमा आफू बहेको भेट्टाउँदछ । अनि आफूmलाई आफैले चिनाएको चिनारी जुन छ त्यसलाई स्वीकार्न हिचकिचाउनु पर्ने देखिन्छ । ऊ भित्रको ऊ अरू भई आफूलाई निरपेक्षमा उभ्याउन सकिरहेको देखिँदैन । किनकि अरू अरूका भई अहम्का मोटा मसिना जालोमा जकडिन पुगेको भेटिन्छ । यसो नहुँदो हो त उनी महात्मा नै बन्न पुग्दथे । उनको बारेमा “आदर गर्नुपर्ने व्यक्तित्वलाईसमेत आदरार्थी शब्द प्रयोग नगरेर त्यो ऊ…… जस्ता शब्द व्यक्त गरेका छन् । त्यसले गर्दा उनमा अहम् भावना थियो भन्ने पर्याप्त ठाउँ मिलेको छ ।

तैपनि उनमा मानवतावाद अनि यथार्थवादीता, प्रस्ट झल्किन्छ । अरू खुल्ला र स्पष्ट शब्दमा भन्ने हो भने बहु प्रतिभाका निम्ति उनले तपस्यै बसेको देखिन्छ । अझ भन्ने नै हो भने राजनीतिले उनको अन्य पहिचान पक्षलाई सूर्य र जूनझै तुल्याइदिएको चाहिँ हुँदै हो जसबाट उनी अन्त्यहीन पथका प्रतीक बन्न पुग्दछन् । जसको बहावलाई अवलोकनको निरन्तरताका कारक तुल्याइदिएको छ । अर्को शब्दमा भन्ने हो भने एउटा यस्तो खानी, जुन खानीबाट जति खोतलियो÷निकालियो उति नै अमूल्य पदार्थ निस्कँदा नै छन् निरन्तर ।

भारतको गरम माटो, गङ्गाको तरङ्गित लहर । काशीको पवित्रता उनको रगरगमा रमाएको छ । यही रमाइको दुःख सुखको सम्यक् भावमा लुट्पुटिदै जीवन आचरणमा समाहित हुँदो हो । बनारस जहाँ बौद्धिक गङ्गा पनि बहँदो छ । प्रदूषित राजनीति पनि यहीँ पखालिने गर्दछ । भन्नेहरू भनिरहुन्, गङ्गाको काम बहनु हो । यही भाव–बहावमा बालक चूडामणि एउटै गङ्गाघाटका अनेक नामभैंm सानुबाबु, सान्दाइ हुँदै विश्वेश्वरप्रसाद कोइराला (बि.पी.)मा गएर प्रख्यात रहे । सानै उमेरदेखि अध्ययनका किनार हुँदै बहने प्रवृत्तिको कारण लेखनतर्फm पनि बहन समर्थ रहे । भारतीय (हिन्दी) लेखनले तानिएका उनबाट सर्वप्रथम १९७८ मा ‘वहाँ’ शीर्षकको कथा (हंस पत्रिका)बाट उनको साहित्यिक प्रवाह बहन पुग्यो । यसपछि १९९२ मा शारदामा ‘चन्द्रवदन’ द्वारा नेपालीमा पनि कथा झुल्कियो जुन निरन्तर नै बन्यो ।

भारतमा रहँदामै साहित्यिक वातावरण रहेबाट यस क्षेत्रमा अनुकूलताको अवसर जुटेको थियो । प्रेमचन्द, मैथिली शरण, शान्तिप्रिया द्विवेदी, रामकृष्ण दास, जय शङ्कर दास आदि प्रख्यात भारतीय साहित्यिक दिग्गजहरूको सामिप्यता प्राप्त गरायो । यही वातावरणबाट यस क्षेत्रमा खिचिएका विश्वेश्वर कविता, निबन्धमा पनि छवि बिम्बित पार्न उद्यत रहे । कवितातर्फm बारीको कुरो, वरय पुष्प, छोरी र छाया, एउटा वर्षाले पोतेको दृश्य गरी कुल १३ कविता हरिप्रसाद शर्माको सम्पादनमा देखा परेका छन् । यसैतर्फm १९६४ मा झुल्किएका ‘टाढाको कल्पना’ शीर्षकको कवितांशको झल्को यस्तो छ –

धरतीलाई बन्ध्याकरण गरेर
उसको उर्वरता कैद गरेर
सिमेन्ट र बालुवाले रोकेको छ
यही धरतीको स्निग्धतालाई
बन्द गरेको छ
यो चारदिबारमा
धरती पनि टाढाको कल्पना
केही वर्ष पहिलेको सम्झना ।

उनको कविता सङ्ग्रहमा एउटा पुस्तकाकारमा आउन सकेको छ विश्वेश्वरका कविता शीर्षकमा ।

यसै गरी निबन्धतर्फ ‘प्रेम व्यवहार’का साथै मेरो जीवन कथा उजेलिए । डा. ईश्वर बरालको सम्पादनको गद्य सङ्ग्रह ‘सयपत्री’ मा उनले आफ्नोबारे यसरी लेखेका छन् – “धेरै दिन पछि जब तेह्र वर्षको थिएँ । हामी त्यही गल्लीमा पुग्यौँ जुन गल्लीमा म जन्मेको घर पनि छ । बनारसको गल्ली, त्यसै अँध्यारो, हामी नेपालीहरूले आबाद गरेको गल्ली झन् अँध्यारो थियो । मेरो बुर्जुगले भनेँ “ऊ ः हेर, त्यै हो तँ जन्मेको घर ।” यस आत्मकथामा उनले उल्लेख गरेका छन् – ‘चनामा धेरै गुण छन्– सस्तो कम्ती मात्रामा नै पर्याप्त भोजन पुग्ने, त्यसलाई पानीमा ढडायो भने आकारमा वृद्धि हुनासाथै नुन छर्न पाइयो भने सुस्वाद पनि हुने । एक दिनको कुरा मलाई राम्ररी सम्झना छ । साँझ परेको थियो… आमाले सकी नसकी एउटा ठुलो माटाको भाँडो उचालेर ल्याउनु भयो….

यसलाई दुःख भन्ने ? भान्दाइ रामचन्द्र अधिकारीले भन्नुभयो: औरंजेवले आफ्नो पिता शाह जहाँलाई थुनेर राख्दा कष्ट दिने नियतले सोधी पठाए– बुबाले एक प्रकारको अन्न मात्र खानपर्छ तसर्थ कुन अन्न उहाँलाई रुचिकर छ सो भनेको खण्डमा बन्दी गृहमा पुर्‍याउने व्यवस्था हुनेछ ।

शाह जहाँ दुनियाँको मालिक, कलाकार शाह जहाँ, जसले पृथ्वीमा कालको कपोलको रूपमा टल्केको एउटा अश्रु बिन्दुलाई स्थापित गर्न सक्यो– ताज महलको रूपमा– त्यस शाह जहाँले बन्द गृहबाट उत्तर पठायो–चना ।

भान्दाइका दुइटा पत्नी र छोराछोरीहरू थिए । हाम्रा प्रवासको …। उहाँ हाम्रो बिच एउटा साहित्यिक हुनुहुन्थ्यो, आशुकवि पनि । कुटुम्बमा उहाँले झट्ट कविता बनाएर सुनाउनु हुन्थ्यो । राजनीति विषयमा औसर औसर तर्क गर्न सक्ने …

यस उद्धरणको कारण उनको लेखन प्रवृत्तिको आरम्भ र जीवनका आयामगत सम्पूर्ण पक्षतर्फ औँल्याउनु नै हो । यसमाथि उनको लेखनमा प्रायसः देखा पर्ने पूर्ण कथा चित्र (फ्लेसब्याक) लेखन शैली पनि अध्ययनकै विषय लागेर नै हो । बि.पीका ती अवस्था एवम् कालखण्डकै प्रभाव बनारसको राजनीतिक प्रवासकालमा आफ्ना सहकर्मी (देवकोटासहित) बिच रहँदा पनि आर्थिक अभाव अवस्थाका बेला यही चनाको सहभोज चल्दो क्रम त्यही अनुभव प्रयोग रहेको बुझिन्छ । साथै रामचन्द्र अधिकारीको प्रभाव उनमा अरूभन्दा बढी नै परेको मान्न सकिन्छ । घर–परिवार अनि तत्कालीन परिस्थिति अनुरूप राजनीतिमा बढी समय खेपेका बि.पी. ले साहित्यमै समर्पित रहन पाएनन् । “उनी राजनीतिमा नलागेको भए आफ्नो जीवनयात्रामा अद्वितीय साहित्यकार हुने थिए र अन्तर्राष्ट्रिय स्तरमा उनको मूल्याङ्कन हुने थियो ।” फणीन्द्रराज खेतालाको स्मरण यहाँनिर आएर उल्लेखनीय सामीप्य राख्दछ ।

बि.पी को वैयक्तिक क्षमताको परिचय भन्नु नै आफूमा अन्तर्निहित प्रतिभाहरूका एक पाटोबाट अर्को पाटोमाथि कुनै प्रकारको हस्तक्षेप गर्न नदिनु हो । स्वतन्त्रताको प्रवाह सङ्लो ढङ्गले बहाउनु हो । विशेषतः चर्चित उनका दुई मूल प्रतिभा राजनीतिक र साहित्यिक व्यक्तित्वका सोपानलाई हेर्दा प्रस्टसँग यो कुरा उजागर हुन्छ । राजनीतिक परिवेशमा आफूलाई चुर्लुम्म डुबिएको अवस्थामा पनि त्यसको ढल्काइको छाया अलिकति पनि आफ्नो लेखनमा पार्न नदिनु उनको विशिष्टता हो । मानिसमा बिरलै पाइने निरपेक्षता हो । राजनीतिक जीवनको आरम्भमा माक्र्सवादतर्प अग्रसर बि.पी.ले आफ्नो गहन अध्ययनशीलताको आनीबानीका कारक तत्त्वको पचाङ्गरसले दुबैतर्फm रसिलो तुल्याए । आफ्नो माक्र्सवादतर्पmको अध्ययनबाट मानिस ब्रेडबाट होइन ब्रेनबाट चल्दो रहेछ भन्ने निचोड निकाले ।

ब्रेडका बाधाहरू राम्ररी देखेका मात्र होइनन् अपितु भोगेका उनले चनामा दर्शन देखे, चनाको बेग्लैपन बटुले । हरबय बे्रडभन्दा ब्रेनबाटै उपलब्धि मूलक बन्न सक्दछ भन्ने कुरा ठम्याए । विद्यालय जीवनदेखि नै बुद्धिलाई घोट्न सक्ने खुबीका परिणतिहरू थिए यी सब । समयले उनलाई अग्रज पथप्रदर्शक पनि जुराउने जोहो जुरायो । “शान्तिप्रियको निर्देशनमा साहित्यपट्टि मैले पहिलो कदम चालेँ” भनेर उनले आफ्नो कथामा लेखे तापनि वातावरणतः पहिले घरैबाट बनिसकेको देखिन्छ । शान्तिप्रिय द्विवेदी थिए– हिन्दीका स्वच्छन्दतावादी कवि, समालोचक । प्रख्यात भारतीय साहित्यकार प्रेमचन्द्रद्वारा सम्पादित हंसमा वि.सं. १९८७ मा हिन्दी १९९२ मा ‘शारदा’ बाट नेपाली साहित्यिक मार्गमा अगाडि सरे । पछि गएर यौनवृत्तिको मनोविश्लेषणसहित आधुनिक नेपाली कथाजगत्मा नयाँ आयाम थपिएको थियो । जसमा दोषी चस्मा (२००६), श्वेत भैरवी (२०३९) कथा सङ्ग्रह प्रकाशनमा आए । आधुनिक कथा यथार्थवादी मनोवैज्ञानिक लेखनका बारेमा एक विद्वान्ले प्रतिक्रिया यसरी व्यक्त गरेका छन्– ‘रसियाली चेखोव, तुर्गनेम, फ्रान्सेली– मोपासा र अङ्ग्रेजी डी.एच. लरेन्सबाट प्रभावित कोइराला नेपाली साहित्यका श्रेष्ठ कथाकार हुन् । विदेशी साहित्यबाट प्रभावित भए तापनि उनका कथाका शैली र आत्मा दुवै नेपाली रहेको छ । अर्का विद्वान् रमेशजङ्ग सिजापति लेख्छन्– “उनले पाश्चात्य मनोविश्लेषणको सिद्धान्त अर्थात् फ्रायडवादलाई पढ्दै सुन्दर कथा लेख्नु उनको कथाकारिताको प्रमुख विशेषता हो ।

हो, व्यक्ति एउटै–व्यक्तित्व बहु आयामिक । प्रत्येक स्वतन्त्र अनि निरपेक्ष ढङ्ग । तर प्रत्येकभित्र एउटा वृत्तको सीमामा आबद्ध । यसैले नै उसलाई महामानव भनिएको होला । ऊ भित्र विरलताको गुण ग्राह्यता स्विकारिएको होला । निश्चय पनि उनले जन्म लिनुप¥यो, हुर्किनु प¥यो बनारसमा । अर्थात् जीवनका केही अँध्यांश भारतको पानामा लेखिनु प¥यो । भारतीय स्वतन्त्र सङ्ग्रामको सूचीमा उनी लेखिए । बुद्ध पनि त नेपालमा जन्मेर बनारस समीप गयाको बोधिवृक्षमा ज्ञान कर्मत्व प्राप्त गर्न सफल भए । विधि नमान्ने बी.पी. विधिकै फेरोमा काशीको कलकल गङ्गामा सत्यम् शिवम् सुन्दरम्को नादमा तरङ्गीत हुन पुगे । उनमा यो नाद पनि अरूभन्दा अलग्गै रूपमा प्रकट भएको देखिन्छ । व्यवहारिक ज्ञान मात्र होइन, प्रज्ञाज्ञान पनि प्राप्त गरेको भन्दा कुनै किंवदन्ती कथनी लागिएको भान पर्न सक्छ यहाँनिर । यथार्थ त अवलोकन उपमा मात्र हो । पथगामी अग्रजका बनेका प्रतीकात्मक दजाँइको उदाहरण मात्र हो, समानान्तर तुलना पक्कै होइन । मानवताका सन्निकट तत्त्व आङ्कलन मात्र हो । नेपालीमा उनको लेखन सूर्यविक्रम ज्ञवालीको प्रोत्साहन सान्दर्भिक सत्यसँग कति सन्निकट रह्यो विचारणीय पक्ष छँदैछ । उनको जीवनवृत्त बारेमा कोरिएका कोराइ मात्र होइन उनकै आत्मकथा बारेमा पनि सूक्ष्मतापूर्वक अवलोकन वा पुनरावलोकन धेरै लेखिएकाहरूबाट हुनैपर्ने देखिन्छ ।

यतिखेर बि.पी.को राजनीतिक जीवनका पानाहरूमा छोटो अवलोकन यहाँ गर्नैपर्ने हुन्छ । राजनीतिक जीवनका प्रारम्भिक किरमिरमा एक त उनको बैंशको स्वाभाविक छुट्टाइ अर्को जिज्ञासाले नै भूमिका खेलेको देखा पर्दछ । सन् १९३२ मा आइ.ए.को परीक्षा दिँदा उनका पिता कृष्णप्रसाद कोइराला स्वव्यापार फैलाउने तरखरमा थिए । त्यही सिलसिलामा उनलाई बम्बई पठाइएको थियो । बम्बइबाट फर्किरहेको बेला रेलमा बी.पी को भेट कम्युनिस्ट पार्टीका केही बरिष्ठहरुसँग हुनपुग्यो । बम्बइको भिक्टोरिया स्टेसनदेखि इलाहावाद स्टेसनसम्ममा उनीहरू नउत्रियून्जेलसम्म सहयात्रामा लामो छलफल भयो । मेरठ जान हिँडेका उनीहरू दुईचार जनासँगको यो तर्क वितर्कमा ती मध्ये एकको कुराबाट उनको मनै विचलित तुल्यायो । गान्धीवादका प्रति आस्था राख्ने बि.पी.को आस्था नै यहाँनिर खलबलियो ।” त्यति खेर उनको र कम्युनिस्ट कार्यकर्ता राजेश्वर रावको बिच ज्यादै नै घनिष्ठ सम्बन्ध कायम भएको थियो …।  उनीहरू मिलेर त्यतिखेर एउटा कम्युनिस्ट विद्यार्थी समितिसम्म भ्याएका थिए । त्यस समितिका कन्भेनर बि.पी स्वयम् थिए ।  तर तत्कालीन वातावरणले गर्दा उनको यो पाइला टिकाउ रहन सकेन । रुसमा ट्राटस्की समर्थकका मूलोच्छेदन र भारतमा गान्धीप्रतिको तुच्छ आलोचनाले जयप्रकाश नारायणसम्म भड्किएका थिए । अनि बि.पी सँग उनी नजिकिए । यस प्रकार बिपीको राजनीतिक जीवन तीनधारको अनुभूति बदल्दै पूर्णतातर्फ अग्रसर रहेको देखिन्छ । उनी स्वयम्ले भनेका थिए “म पहिले गान्धीवादी थिएँ, त्यसपछि आतङ्कवादी र माक्र्सवादी बनेर अब समाजवादी हुँ ।”

एउटा अन्तरवार्तामा उनले भनेका थिए । म एउटा असल मानिस भनेर परिचित हुन चाहन्छु । असलको पनि व्याख्या गर्दै ‘मोदी आइन्’लाई अघि सारे । ‘हिट्लर र यहुदी’ पनि गीता सिद्धान्तकै प्रतिपादन हो भने । साहित्य र राजनीतिमा पृथक् पृथक् पहिचानका बि.पी दुवैका एक मुहान असलको सङ्लो बहाव बनेर प्रवाहित रहेको छ । यसैले साहित्यिक प्रवाहको चर्चामा राजनीतिक धार अनि राजनीतिक चर्चामा साहित्यिक धार नछोई उनका बारेमा चर्चा अधुरो र अपूरो रहन्छ । मात्र उनको चाहना अनुसार उनलाई ठुलो नभनेर असल भनिदिए पुग्छ । अनि स्वयम् पनि असल बनिदिए पुग्छ ।

पहिलो प्रेम बिर्सन सकिँदैन भनेझैँ आफू समाजवादको राजमार्गमा डोरिए पनि मार्क्सवादको खोइरो खन्नुभन्दा तिनको सारतत्वलाई आफ्नो सिद्धान्तमा समाहित गर्न सक्ने खुबी बि.पी.मा थियो । उनले भनेका छन् “एक अर्थमा मार्क्सवादी हुँ ।”

यहाँ उनको व्यक्तित्वको परिचय राम्रोसँग मिल्दछ । असल हुनका लागि अध्ययन मनन मात्र होइन कि यसबारे अरू प्रस्ट्याउँदै उनले अगाडि भनेका छन् मानौँ नेपालमा एक लाख गज मात्र उनी कपडा बन्दछ । यस अवस्थामा यहाँ डेढ करोड जनतालाई त्यो कसरी बाँड्ने ? समानताको आधारमा दिने हो भने एक एक बित्ता बुन्नुपर्‍यो । त्यो निरर्थक हुन्छ… सबैलाई उनी कपडा पुग्ने उत्पादन क्षमता भएपछि समाजवादको कल्पना व्यवहारिक हुन्छ । मननको औचित्य पनि त्यतिकै रहन्छ । व्यवहारिकताकारसाथ सिद्धान्त पहिल्याउँदा ध्ययपद्धति खुल्ला मन मस्तिष्कबाट अपनाउनुपर्छ भन्ने कुरा बि.पी.को बहु आयामिक व्यक्तित्वबाट खुल्न आउँदछ चाहे त्यो राजनीतिक होस् वा साहित्यिक । साहित्यतर्फm कवितामा आफूmमा झङ्कार नरहेको, आफ्नो क्षमता र प्रभावकारिता न्यून रहेको, आत्मलोचना गर्दै आफूले हिन्दी, अङ्ग्रेजीमा लेखेका कविता अप्रकाशित नै राख्न रुचाए तापनि एक दर्जन जति छिट्किन हुन पुगेका देखिन्छन् ।

यस प्रकार कविताबाट कायल झैँ भएका बि.पी. किस्सामा भने खासा भएर निस्किए । जीवनको सन्निकट यथार्थ जुन भोगिएका छन् तिनलाई हुबहु उनी उतार्दछन् । नेपाली कथा विधामा सर्वप्रथम मनोविज्ञान धार उतार्न पुगेका उनी राजनीतिको ‘लू’ बाट बच्न साहित्यिक माध्यममा शीतलता भोग्न पुग्दछन् जसबाट उनी रश्मिहरूसमेत सञ्चय गर्दछन् । उनका कलमबाट बग्न पुग्दछ शब्द शब्दका धार, त्यस धारमा मानवता, मनोविज्ञान, चरित्रहरूका जोड घटाउका टलकहरू । कल्पनाका आकाशमा उडेर मात्र होइन यथार्थ धरामा टेकेर स्वअध्ययन र अनुभूतिको सार छर्कँदै अग्रता कायम गर्दछन् ।

नेपालीमा ‘चन्द्रवदन (१९९२) शीर्षकबाट पथगामी रहँदै ‘दोषी चस्मा’ (२००६), स्वेतभैरवी (२०३९) ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा २०५०’ उराल्छन् । मार्क्सको भौतिकवादी दर्शन र फ्रायडको मनोवैज्ञानिक चिन्तनबाट औधी प्रभावित रहेर आफ्नै स्वतन्त्रको गौरवमय माटोको पाटोसँग लुटपुटिँदै कथ्यमा उतार्ने उनको लेखनीय चमत्कार हो । आफूmलाई असहज अवस्थामा व्यक्त्याउने अप्ठेरो मान्छेका अन्तर अवचेतन वृत्तमा उजागर हुन पुगेको हुन्छ । यसैको सूक्ष्म अवलोकन बि.पी.को कथाको चातुकारिता हो, विशेषता हो । भन्नेले भनेका छन् “यसै शताब्दीमा मूलतयाः दुई विपरीत दर्शनको प्रभाव साहित्य सृजनामा देखा पर्दछ– मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दर्शन र फ्रायडको मनावैज्ञानिक चिन्तनको घुलन उनमा प्रकट हुनेगर्दछ । मार्क्सको जीवनको आधारभूत आवश्यकता र यथार्थप्रति रहन्छ भने फ्रायडको मनोगत मान्छे नितान्त अन्तः साङ्गतिक तहको व्याख्या बिश्लेषण गर्दछ । वस्तुतः भोगिँदो जीवन यथार्थ हो । यथार्थमा बाँच्नुको मर्म दुवै दर्शनले अङ्गीकार गर्दछ । र पनि साहित्य सिर्जनामा दुईलाई ध्रुवीय कोणमा हेर्ने गरिएको छ ।

बि.पी. अन्तरङ्गको मान्छेको विम्ब उतार्ने कथाकार भएकोले उनको यसतिरको नियात्रामा यस कुरालाई केलाउँदा उनीभित्रको लेखनीमा ध्रुवीकरण कतै भेटिन्न । बरु दुवैको अनुपात अनि आवश्यकता अनुसार सुस्वादु र ठोस आधार पस्कन्छन् । यही हो उनको लेखनतत्वको मूल तन्तु । भिक्षु र कोइरालाका एकै पथका सहगामी भए पनि भिक्षुभित्रको क्लिष्टता अनि नाटकीयता आदिद्वारा सन्तुलन मिलाउनसकेको प्रस्ट हुनपुग्छ । मान्छे देययस्ट छ, तन्दुरुस्त छ बाहिरबाट । यो देखिनेकुरा नै उसको सम्पूर्ण पहिचान होइन । भित्र–भित्रै उ निकै निर्बलियो र कातर हुनसक्दछ । र ऊ सन्तुष्टि प्रकट गरिरहन्छ । ऊ आफूलाई आडम्बरद्वारा जतिसुकै लुकाइरहोस्, छिपाइरहोस् यथार्थमा उसले जानिकन भन्दा बेसि नजानिकनै आफ्ना मनोगत कुराहरू आफैबाट प्रकट गरिरहेको हुन्छ । यसैलाई टपक्क टिप्ने क्षमता बि.पी मा रहेको छ । उनको टिपाइनै उनको सम्पूर्ण आफ्नो पहिचान हो, लेखन हो । उनी हेर्छन्, पढ्छन, महसुस गर्दछन् अनि निरपेक्षतामा आफूलाई ढाल्छन् । तवमात्र उनको लेखन फक्रन्छ । यसैले कथाकाररुपी बी.पी. अरूभन्दा बेग्लै बनेका छन् । यसरी मानवीय मूल्यमान्यता र उसका व्यक्त अव्यक्त वेदनालाई सामाजिक मनोवैज्ञानिक, यौन मनोविज्ञान परिधि आवद्धतामा बढ्ने कथाको ढाँचा उजागर रहेका छन् । समग्रमा जीवनको कटुसत्य उजागर उद्देश्य निहित मानवीय सम्पूर्ण भोक (भोग)लाई पर्गेल्ने काम उनका कथाहरू गर्दछन् । भोगाइ जीवनको यथार्थ हो– यथार्थले भतभति पोल्दछ भने मल्हमको काम पनि गर्दछ बि.पी.को लेखनीले टम्म मिलाउँदछ ।

उनका दुवै कथा संग्रहमा रहेका कथाका साथै उनका नेपाली, हिन्दी कथाहरुसमेत उनेर कथा सङ्ग्रह पनि प्रकाशित भएका छन् जसबाट उनका कथाकारिताबारे केही थप अध्ययन सहज र सुलभ हुन पुगेको छ । फ्रायडको मनोविश्लेषण, अल्फ्रेड एडलरको वैयक्तिक अनि कार्ल गुस्ताभ युङको विश्लेषणात्मक मनोविज्ञानबाट चोपिएका उनले आफ्नो साहित्य प्रवाहका मूल शान्तिप्रिय द्विवेदीलाई माने तापनि उनको गहन अध्ययनशीलताको डुबुल्की चेखव, लरेन्स, टाल्सटाय, गोर्र्की, बर्नाड शाका भिजाइमा पनि परेका देखिन्छन् । हो, कुरा बेग्लै हो कि उनका नैसर्गिक सिर्जनशील प्रतिभा क्षीरसागरका हाँस भईmँ थियो । ग्राह्यवस्तु छोड्दै नछोड्ने अग्राह्य कुरा पनि नियालेर त्यसभित्र ग्राह्य विन्दुको जिज्ञासामा ओल्टाइपल्टाइ अवलोकन गर्ने । यही बेग्लैपनको कुराले नै उनलाई साहित्यिक क्षेत्रमा पनि उच्चै तुल्याएको छ ।

माथिका कुरालाई अझ पुष्टिको पुट दिन यहाँ दुई पंक्तिलाई जस्ताका तस्तै उतार्न उपयुक्त हुनेछ – “मनोविज्ञानलाई नेपाली समाज, संस्कृति, परम्परा, अर्थतन्त्र जस्ता सूक्ष्म विषयवस्तुसँग गाँसेर मनोवैज्ञानिक कथा लेख्ने विश्वेश्वर प्रसाद कोइरालाले सुक्ष्म, क्षीण वा झिनु विषयवस्तु लिई तिनमा कुनै न कुनै रूपले मनोरोगी भएका पात्रहरु उपस्थिति गराएर तिनका मनको वर्णन र बिश्लेषण गरेका छन् । यिनी मानिसका हिनग्रन्थी, आत्मपीडन परपीडनजस्ता विभिन्न मनोग्रन्थीलाई फुकाउन, मनोभ्रम हटाउन र मनोदशाको चित्रण गर्न खप्पिस देखिन्छन् । सामाजिक बाह्य संसारले मानसिक अन्तरसंसारलाई पार्ने प्रभावको अध्ययन तथा पात्रको मनोविज्ञानको प्रस्तुतिलाई कथाको मुख्य विषयस्तु बनाई अन्तर्मुखी प्रवृत्तिका कथा लेख्नु यिनको विशेषता हो ।”

“विश्वेश्वर प्रसाद कोइरालाका अधिकांश कथाहरुमा यौनाकर्षण र त्यसबाट उत्पन्न हुने कुण्ठाको जीवन्त प्रस्तुति पाइन्छ । यिनले नारी र पुरुषका परस्पर आकर्षण भावलाई कथात्मक ढाँचा प्रदान गरेका छन् । यिनको ‘रिक्सा तान्ने’ ‘सिपाही’ ‘हरिदत्त’ जस्ता केही कथामा बाहेक अन्य अधिकांश कथामा नारीहरूको पुरुषप्रति हुने यौनाकर्षणलाई प्रस्तुत गरिएको पाइन्छ । नारीका कामवासनाजन्य समस्यालाई मार्मिक ढङ्गले प्रस्तुत गर्ने कथाकार कोइरालाले नारीहरुका वासनात्मक समस्याहरुका सामान्य र असामान्य दुवैखाले परिस्थितिको विश्लेषण गरेका छन् ।

यौन मनोबिज्ञानमा आधारित कथाहरू अशिष्ट, अश्लील, नग्न, अनैतिक र समाज अग्राह्य पनि हुनसक्छन्, तर कथाकार विश्वेश्वर प्रसादले यौनलाई पनि शिष्ट, श्लील, सभ्य, नैतिक र समाज ग्राह्य ढङ्गले प्रस्तुत गरेका छन् । यसरी यौन मनोविश्लेषणमा पनि अशिष्ठता, अश्लीलता, नग्नता अनैतिकता जस्ता कुराहरू नपाइनु यौन मनोविश्लेषक कोइरालाका मूल उल्लेखनीय प्रवृत्ति हो । नारी वा पुरुषको परस्पर यौनाकर्षणलाई सामाजिक मर्यादाभित्रै रही शिष्ट ढङ्गले उपस्थित गर्ने कोइरालाका मनोरोगी पात्रहरुले पनि सामाजिक मर्यादाको सीमा उलङ्घन गरेका छैनन् । दमित यौनेच्छा वा कामवासनाबाट पीडित पात्रहरुका मनको विश्लेषण पनि यिनका कथामा पाइन्छ ।” यस अनुशीलनबाट के थाहा पाइन्छ भने मनोविज्ञानका सबै तप्का समेटिए पनि विशेषतः यौनकुण्ठा, सामान्य भन्दा असामान्यमा प्रवलता, एकै पात्रको नाम बेग्लाबेग्लै कथाहरुमा दोहोरिएर प्रयोग रहेका र अन्तर्मुखी स्वभावका लाक्षणिक प्रयुक्ति आधिक्यताबाट कतै उनमा आफ्नै भित्रको छामछुम त रहेको छैन भन्ने प्रश्न खडागर्दछ । भाषागत पक्षमा अवलोकन गर्ने हो भने सबैका लागिको हेक्का राखिएको पाइन्छ । छोटाछरिता सरल वाक्यका स्वरूप उनको लेखन प्रकृयाको अर्को विशेषता हो । वातावरण अनुसार प्रभावको स्वाभाविक स्वरूप शब्दहरुमा लुटपुटाउने कला प्रस्तुतिमा उनी माहिर देखिन्छन् । उनको कथा पक्षमा विवेचनाका थुप्रै कुरा बाँकी रहन्छन् । तर यहाँ यसलाई यतिकै छोडी उपन्यासतर्फ छलफलतिर लागौँ ।

उपन्यासकारका रूपमा रहेका बि.पी का अहिलेसम्ममा छ वटा उपन्यासहरु अल्पसमयमै सृजना हुन पुगेका देखिन्छन् । स्वयम् उनको भनाइ अनुसार तीनदेखि आठ दिनमा सिर्जित रहेको छ । यी सबै उपन्यासहरुको जन्म उनको सुन्दरीजल जेल प्रवास (२०१७–२०२५) अवधिमै भएको देखिन्छ । अल्प अवधिमा लेखिएको कारण लघु उपन्यास झैँ देखिन्छन् । सिर्जना अवधिको हिसाबले उनको पहिलो उपन्यास “हिट्लर र यहुदी” रहेको देखिन्छ भने यसपछि “तीन घुम्ती” पछि क्रमशः मोदी आइन’ तीन दिन (२०२० माघ १५–१७)” नरेन्द्र दाइ “चार दिन (१९६४ मार्च १३–१६) सुम्निमा ८ दिन (१९६४ जुन २१–२८) अनि ‘बाबु आमा र छोरा’ ८० पृष्ठ तीन दिनमै लेखिसकिएको र यसको पृष्ठ १७५ बनाउने रहेको कुरा जेल जर्नलमा लेखिएको छ । तर प्रकाशनको समयले भने लेखन क्रम विपरीत रहनपुगेको देखिन्छ ।

बि.पी. को औपन्यासिक आनिवानी मान्छे भित्रको मान्छेकै खोजीमै निहीत रहेको पाइन्छ । नारीवादीताको तरङ्गमा मनोवैज्ञानिक र यौनप्रवृत्तिको धार, मानवतावाद, र हिंसामुक्त समाजको आवादी लक्ष्य लिएको भेटिन्छ । पूर्व र पश्चिमको गहिरो अध्ययनको स्वनिक्र्यौलको प्रयोग एक प्रकारले उपन्यासमा उनले गरेको मान्न सकिन्छ । जेल जीवनको पूmर्सद वा शान्ति अवस्थाको मन्थन परिणतिको रूपमा पनि यसलाई लिनसकिन्छ । गीतादर्शनको केलाई निफनाइदेखि लिएर पश्चिमा मनोवैज्ञानिक धारलाई आफ्नै परिवेशमा समेटेर आफ्नै छाँनिदो–परिस्कृत तर्क, प्रस्तुति उपन्यासका प्रवृत्ति पनि एक रहेको मान्न सकिन्छ ।

बि.पी. कोइरालाका उपन्यासहरुको परिक्रमा पुस्तकका लेखक डा. गोविन्द आचार्य उपन्यासकार बि.पीलाई मनोविश्लेषणवादी, दार्शनिक, मानवतावादी, अस्तित्ववादी, नारीवादी चरित्र प्रधानसमेत छ धारको एक प्रवाहको रूपमा अवलोकन गर्नखोजेका छन् । स्रष्टाको जीवनको स्वदर्पण उसको सिर्जनामा पनि प्रतिविम्वित कुनै न कुनै रूपमा रहेको हुन्छ । त्यतातिरको चर्चा यसमा पाइन्न । तर पनि उनले चरित्रप्रधान उपन्यासकारको उपशीर्षकीय परिच्छेदमा सरल र सुस्पष्ट रूपमा राम्ररी नै आङ्कलन गरेको भने छँदैछन् ।

“कोइरालाका उपन्यासहरुमा प्रायः पात्रहरुकोबीच त्रिकोणात्मक द्वन्द्व संयोजन गरिएको पाइन्छ । त्यसमा पनि एउटा पुरुष पात्र.. र त्यसका वरिपरि दुईवटी नारी पात्र …त्यसका वरिपरि दुईजना पुरुष पात्र हुन्छन् । कोइरालाका ‘तीन घुम्ती’को इन्द्रमाया, पीताम्बर, रमेश, ‘सुम्निमा’का सुम्निमा सोमदत्त, पुलोमा, ‘नरेन्द्र दाइ’का नरेन्द्र गौरी, मुनरिया र ‘बाबु आमा र छोरा’ का बाबु, आमा र छोरा यसको उदाहरण हुन् ।

कोइरालाका उपन्यासहरुमा मिथक प्रयोग गर्ने प्रवृत्ति पनि देखिन्छ । उनले प्राचीन ग्रन्थहरुमा वर्णित लोकप्रसिद्ध मिथकहरु प्रयोग गरेका छन् । ‘सुम्निमा’ कोइरालाको सर्वाधिक महत्त्वपूर्ण मिथकीय उपन्यास हो । यसमा उनले किराँत संस्कृतिमा प्रचलित मिथक र बराहक्षेत्रको प्राचीनताको विषयमा प्रसिद्ध मिथक प्रयोग गरेका छन् । त्यसै गरी ‘मोदीआइन’मा प्रसिद्ध महाभारत युद्ध सम्बन्धी मिथक र दरभङ्गाको हडाहा पोखरी निर्माण सम्बन्धी मिथक उपयोग गरेको पाइन्छ ।”

आफ्नो उपन्यासमा प्रायः आफै उपस्थित भएर प्रायः ‘म’ पात्रका नामबाट भूमिका खेल्नु कोइरालाको अर्को औपन्यासिक प्रवृत्ति भेटिन्छ । उनले ‘नरेन्द्र दाइ’मा आफू र आफ्नो परिवारका सदस्यहरूलाई पात्रका रूपमा प्रयोग गरेका पाइन्छ । नरेन्द्र, सान्नानी, जुन्टुनानी, फगुनी, मुनरिया, मिसरजी, उनकै परिवारका सदस्य वा सहयोगीहरु हुन् । उनले केही उपन्यास र कथाहरुमा टेठी गाउँको दृश्य प्रयोग गरेको देखिन्छ । यसरी आफूm उपस्थित भएका उपन्यासहरुमा पूर्वदिप्ती शैली र प्रथम पुरुष दृष्टिबिन्दु अभिव्यक्ति प्रविधिको प्रयोग गर्नु पनि उनको औपन्यासिक प्रवृत्ति बनेको देखिन्छ । ‘नरेन्द्र दाइ’, ‘मोदीआइन’, ‘हिट्लर यहुदी’ आफैँ उपस्थित भएका उपन्यास हुन् भने ‘तीन घुम्ती, ‘बाबु आमा र छोरा’, आफू उपस्थित नभएको तर दीप्ति शैली र प्रथम पुरुष दृष्टिबिन्दु प्रयोग भएका उपन्यास हुन् ।

यस तीन परिच्छेदबाट बि.पी. पनि स्रष्टाको जीवनको स्वपरिवेशबाट आफ्नो सिर्जनामा कुनै न कुनै रूपमा पात्र बनिरहेको हुन्छ भन्ने कुराबाट अपवाद नरहेको देखिन्छ । तर पनि आफ्नो सूक्ष्म अध्ययन अनि त्यसलाई मन्थन गर्ने आनिबानीले उनको लेखन धार सुस्पष्ट, बौद्धिक एवं व्यवहारिक जीवनमय बनेको स्वयम्सिद्ध देखिन्छ । बि.पी. को दोस्रो उपन्यास ‘तीन घुम्ती’को केन्द्रीय पात्र इन्द्रमाया पैँतालीस वर्षकी हुन् । यस बयलाई आफ्नो अन्तिम बिसौनीको रूपमा अङ्गीकार गरेकी उनी विगत तीस वर्षलाई मूल्याङ्कन गरिरहेकी अवस्थामा हुन्छिन् । कहिलेकाही इन्द्रमायाको घरमा पनि भित्रिने एक पुरुष पर्वते बाहुन पीताम्बरतर्पm उनको मन झुकेको हुन्छ । १६ वर्ष पुगेकी इन्द्रमायाको विवाहको कुरा चल्छ । इन्द्रमाया सोभैm आमालाई भनिदिन्छन्, “पीताम्बर छँदै छ नि” (पृष्ठ ३) जातको कुरा गर्छे आमा तर इन्द्रमायालाई त्यो कुराले छुँदैन । उनको हठको उपायको रूपमा आमा अर्को अस्त्र छोड्छिन् – “हामी राजाका मान्छे, पीताम्बर पार्टीको मानिस, उसलाई दरबारले फुटेको आँखाले पनि हेर्नसक्दैन” (पृष्ठ ६) । दबाब बढ्दै जान थाले पछि एक दिन जानि नजानिकनै पीताम्बरको ढोका उघार्न पुग्छन् र त्यहीँ दिन बिताउन थाल्छिन् ।

पीताम्बर पार्टीको कार्यकर्ता हुनाले उसैको घरमा पार्टी कार्यकर्ताको भेला भइरहन्थ्यो । त्यसमा सहभागी उनी त थिइन् नै । जमघट हुनेहरुको चियापानीको प्रवन्ध पनि मिलाउँदथिन् । कहिलेकाहीँ कोहीकोही त्यहीँ रात बिताउँथे । तीमध्ये एक थिए रमेश । अरुअरुलाई अनेक नाताले सम्बोधन गर्ने इन्द्रमाया पीताम्बरको सबैभन्दा प्रिय साथी रमेशलाई त्यस्तो कुनै सम्बोधनमा बाँध्दैनथिइन् । यसैबिच इन्द्रमायालाई मातृत्वले गाँज्छ । पीताम्बरलाई आग्रह गर्छिन् । पीताम्बर थाकेको व्यक्त गर्छ र यही विषयमा ठाकठूकमा बन्ध्यासम्मको आरोप खेप्छिन् उनी । त्यसको केहीछिन पछि सैनिकहरुले घेरा हालेर पीताम्बरलाई बन्दी बनाइन्छ । त्यही कारणबाट इन्द्रमाया र रमेशको सामीप्यता बढ्न पुग्दछ । उनी छोरीका आमा बन्न पुग्दछिन् । समयले जुन तरिकाले पीताम्बरको घरभित्र हुलेकी थियो । त्यही घर उनले छाडिन् । छाड्ने बेलामा छोरी र एउटा पोका उनले बोकेकी थिइन् ।

छोरी रमाले एउटा युवक ल्याइन् । उनीहरूलाई आर्शिवाद दिएर आफ्नो पैँतालिस वर्ष वयको पुनरावलोकनमा लाग्न थालिन् । यस प्रकार इन्द्रमायाले गरेका तीन निर्णयलाई तीन घुम्ती नामाकरण गरेर उपन्यासले आफ्नो अभीष्ट पुरा गरेको छ । ‘तीन घुम्ती’ उपन्यास बारे प्रसिद्ध समालोचक इन्द्रबहादुर राई भन्दछन् “अस्तित्व भित्रको विसङ्गतिमा जोड दिए काम्यु भइन्छ, स्वतन्त्र्यमा जोड दिए शात्र्र भइन्छ । ‘स्वतन्त्र्यलाई’ मानविक यथार्थको भवितादेखि भेद गर्नु असम्भव छ । मानिस पहिले भविता र पछि स्वतन्त्र भएको होइन । मानिसको हुनु (भविता) र उसको ‘स्वतन्त्र हुनु’ अभेद्य छन् (शात्र्र, भविता र शून्य, पृष्ठ–६१) ।  भविता जुन सर्वथा आकस्मिक आयत हो, हेतुहीन, कारण हीन्, आवश्यक हीन् छ … आफ्नो स्वतन्त्रवरणमा उसले । तर आफूmलाई मात्र निर्धारण नगरेर अन्यसमेतलाई निर्धारित गर्छ, प्रत्येक उसको वरणले सर्वमानवको निम्ति विधि लेख्दछ । … यहाँ एक्लो फ्याँकिएको स्थिति उनको छ । जसमा उसले आफ्नो स्वतन्त्र्यको समस्यालाई सामना गर्नुछ” ।

यहाँ जोड स्वतन्त्रताको छ । तर मूल्य र मान्यताको लक्ष्मणरेखा आवश्यक छ, छैन यसको उत्तर छैन । उपदेशात्मक समालोचनाबाट क्रान्तिकारी बनिएला ? समाजको स्थिति, परम्परा, मूल्य, मान्यताकमा निरपेक्षता, आफूmभित्रको यथार्थमा सामना गर्दाको स्थिति के हुने हो उत्तर दिने कोसिस भएको छैन । “….यी तीनै निर्णयहरुलाई चेतनाको भल बगाउने शैलीलाई धुस्वाँं सायमिको नेवारीबाट अनुदित ‘गंकी’ मा पनि प्रयोग गरिएको छ, तापनि ‘तीन घुम्ती’मा जस्तो संयमित, योजनाबद्ध र कलात्मक त्यो शैली ‘गंकी’मा हुनसकेको छैन ।

निश्चय पनि तुलनाले गहिरो डोब कायम गर्दछ तर धूस्वांँको ‘गंकी’मा रहेको कथानक परिस्थिति र ‘तीन घुम्ती’मा रहेको दूरीलाई शर्माले पुष्ट्याइएको यसमा देखिँदैन ।

यदि इन्द्रमायामा अहम् नहुँदो हो ता के उसमा घृणावृतिबाट मात्र यो तेस्रो लिन सक्थी ? शुरुदेखि नै उसमा अहम्वृत्ति बलवती रहेको थियो । जबजब यस वृत्तिको स्वाभिमानमाथि अवरोध खडा हुन्छ, तबतब आफ्ना मूल्यवान् अस्तित्वको संरक्षणका लागि कठोर निर्णय लिन समर्थ हुन्छे । पाप होस् वा कर्तव्य पालन स्वकर्तव्यको पक्षमा निर्दोषिताको पुष्टि र यसको अनुसरण उसको अहम् सुहाँउँदो चारित्रिक दृढता हो । पति परित्याग गर्ने दुस्साहस निर्णयबाहेक … जसलाई फ्रायडको भाषामा प्रतिगमन गर्नु भनिन्छ । यसरी इन्द्रमायाको अहं र काम प्रस्ट हुन्छ ।

“परम्परागत मान्यताबाट तटस्थता वरण गर्न नसक्ने हो भने प्रस्तुत उपन्यास अग्राह्य हुन सक्छ तर उपन्यासले मानव जीवनका आवश्यकताहरू, रासायनिक प्रतिक्रियाहरु र मानवीय सम्वेदनाहरुका आग्रहलाई पनि आत्मसात् गरेको कुरा स्वीकार गरेको छन् भने प्रस्तुत उपन्यास अत्यन्त यथार्थ र जीवनको जैविक संरचनामा सत्य पक्षको उद्घाटन गर्न पनि सफल भएको छ ।

“विश्व साहित्यमा चर्चित हुन पुगेको अस्तित्ववादी बिचारको बिशुद्ध प्रयोग परक व्याख्या तीन घुम्ती उपन्यासमा मूल स्वरका रूपमा स्पष्टसँग प्रस्तुत हुन पुगेको पाइन्छ । यो नै उपन्यासको सर्वाधिक महत्त्वपूर्ण पक्ष हो, यसको आधारभूत विचार हो ।” व्यक्तिले आफ्नो अस्तित्व र स्वतन्त्रताका लागि सङ्घर्ष गर्छ र बिना सङ्घर्ष अस्तित्व प्राप्त हुँदैन भन्ने अस्तित्ववादी बिचार छ ।”

यहाँ “तीन घुम्ती” का बारेमा विभिन्न धारणा उद्धरण गर्नुको प्रयोजन साहित्यकार बि.पी को आँकलनलाई छोटोमा परिचित तुल्याउनु मूल उद्देश्य हो । यसै उद्देश्य अनुरूप पहिले त कसैले भनेपनि नभने पनि मूलतः विश्वेश्वर परिस्थितिजन्य विद्रोहको एक स्वरूप हो । विद्रोही प्रवृत्तिको प्रभावमा उनमा अहम्पना स्वाभाविक रूपमा रहनपुगेको हो ।

अ बाट अ अर्थात् अध्ययनको प्रचुरता एवम् गहनताले उनको जीवनमै यो ‘अहम्’ तत्कालीन समयले दियो । उसले स्वीकार्यो । छाप साहित्यमा पनि पर्‍यो । उनको आस्तिकपना तर पुरै अनिश्वरवादी हुन नपुग्नुको छेको पनि यहाँ हो जस्तो लाग्दछ । यसै गरी उसले पश्चिम पढे, पश्चिम हेरे तर उसको अहम्ले पश्चिमाले बहाएनन् । पूर्वियामै अडाए यसको ज्वलन्त उदाहरण उनको साहित्य सिर्जना औ त्यसका मूलस्रोतबाट खुलस्त देखा पर्दछ ।

इन्द्रबहादुर राई थप भन्छन् – “तीन घुम्ती”मा विश्वेश्वरप्रसाद कोइरालाले राखिएको वरणको अझ मनोजीवत्वको, आधारको उत्तरवर्ती कृति अहिले नै अरू आएको छैन ।” स्वतन्त्रता मानविक यथार्थको समानान्तर पहलमा विवाद रहन सक्दैन दोह¥याएर फेरि भन्नुपर्दछ । मनोवैज्ञानिक पक्षको आङ्कलन गर्दा स्रष्टाको छाँया सृजनामा कति बिम्बित रहनपुगेको छ त्यो पनि सोच्नुपर्दछ । बि.पी.को उपन्यास लेखन बन्दी जीवनकालमा हुनपुग्यो । त्यति बेला उनको चेतनतत्वको केन्द्रबिन्दु अन्य भोकभन्दा यौनभोक पनि अन्तरको एक कुनामा लहसिएर रहेकै छ भन्ने कल्पना गर्नु अस्वाभाविक होइन । उनका पूर्व अध्ययनका पाटोले पनि यसलाई रसिलो तुल्याएको हुनुपर्दछ । भोगाइहरुको बिद्रोही स्वभाव परिणति त उसमा जागृतावस्था मै थियो नै, यसले पनि यौन मनोविज्ञानका साथसाथै समाज रुपान्तर, संस्कारको अद्यावधिक, बिद्रोहको मिश्रितभाव उसको लेखनबाट ओर्लिनपुगेको मान्न सकिन्छ । यस उसले ‘तीन घुम्ती’ का बि.पी. उपन्यासकार भित्र साधारण मानिस जो जेल परेको छ त्यो बि.पी. पनि प्रतिबिम्वित छ । न कि कामु, शात्र्र आदिको लह–लहैमा लागेको उपन्यासकार सम्पूर्णमा दासत्वको बन्धनमा जकडिएर हातखुट्टा फालेर पौडिएका छन् । राईका पुस्तकमा ‘तीन घुम्ती’ बारे जति लेखिएको छ ती सबको निक्र्यौल निकाल्दा त प्रभावित दासत्वका उपज नै साहित्यकार बि.पी हुन् भन्ने भान पर्नसक्दछ । यस्तै स्वतन्त्रताको पक्षमा मात्र उपन्यासकार बि.पी. छैनन् उनले भनेका छन् “एउटा अनैतिक प्राणीलाई ईश्वर अप्राप्य छ ।” …. मानव जीवनमा नैतिक भावना र आदर्शका कुराहरूलाई व्यवहारिक रूप दिनु समाजवादको उद्देश्य हो ।

यहाँ यस बिचारले पनि बि.पी.का मूललक्ष्य समाजवाद प्राप्ति हो । उनको भनाइ, लेखाइ निरपेक्ष (राजनीतिबाट) रहेर पनि त्यतैतर्पm अभिप्रेरित रहेको अनि स्वअनुभूतिका आधारमा समाजलाई चेतनतर्पm उचाल्दै आफ्नो धारमा बहाउनु हो भन्ने देखिन्छ ।

यसै गरी नारी पुरुषबारे उनको व्यक्तिगत धारणामा उनी आफैm मन्थनमा मथिएर भन्दछन् “…………” तर स्वास्नी मानिसले लोग्ने मानिसलाई त्यसरी फसाउने काम गर्दछे, जसरी कुनै जनावर अजिङ्गरको सुन्दरतामा आकर्षित भएर नजिक जान्छ, उभिन्छ तर त्यो जनावर अजिङ्गरको सुन्दरताको बिभ्रममा गएर निलिन्छ । स्त्री पुरुषको संम्प्रेषण उपन्यासले मागेको शीर्षकीय पनि चिटिक्क मिलेको देखिन्छ । यहाँनिर आएर बि.पी. ले उपन्यासमा नभनेर बेग्लै बाच्नको प्रसङ्ग आउँदछ । उनले स्त्री पुरुषको सम्बन्ध बारेमा आफ्नो संसदीय भाषणमा भनेका छन् “मानवजातिको जीवनको इतिहास अध्ययन ग¥यौँ भने लोग्ने मानिस र स्वास्नी मानिस बिच एउटा ठुलो जैविक द्वन्द्व पाउँछौ । एकातिर यही द्वन्द्वको परिभाषित स्वरूप पनि देखा पर्दछ ‘तीन घुम्ती’ उपन्यास ।

उपन्यासकार कोइरालाको यस उपन्यासमा मुख्य क्रियाशील पात्रहरुमा इन्द्रमाया प्रमुख छिन् । उनकै आसपासमा पीताम्बर, रमेश, पसले बुढी आमा र रमा घुम्दछन् र यिनकै वरपर पसले बुढीकी नातिनी, पीताम्बरका राजनैतिक साथीहरू, इन्द्रमायाका साथीहरू, रमाका साथीहरू, सैनिकहरु, कमिस्नर आदि पछ्याउँछन् । थोरै पात्रमा व्यापक बौद्धिक निक्षेपयुक्त दृष्टिकोण, अहम् रक्षाका तानाबाना यसको विशेषता हो । यहाँ यो पनि स्मरणीय छ कि स्वयम् उपन्यासकार इन्द्रमायाको सम्बन्धमा यसो भन्दछन् “यदि इन्द्रमाया जस्ती साहसी नारी हाम्रो समाजमा कतै छिन् भने तिनका प्रति मेरो आदर छ ।” यस कथनबाट कोइरालाको अन्तरमनको ढाकछोप वा अप्ठेरापन कहिं कतै …?  को अल्मल्याई पनि मान्न सकिने आधार रहेको छ । यौटा अन्तर्मनको ढाकछोप वा अप्ठेरोपनामा मनोविकारको लाक्षणिक स्वरूप किन ? ढटाई वा लुकाई के को लागि ? समालोचक प्रा.डा. भूपति ढकाल ‘कमल’बाट यस पक्षमा चार बुँदाका विश्लेषण यसै प्रसङ्गमा यसरी गर्दछन् ः (१) इन्द्रमाया नेपाली समाजको नारी होइनन् कोइरालाको कल्पनाको नारी हो ।” यस पृष्ठभूमिमा हेर्दा सर्जकको सृजनाकाल अनि जीवनका परिस्थितिहरुलाई प्रतिविम्बित रहेको हुन्छ भन्ने कुरालाई बिर्सन सकिँदैन । परिस्थितिजन्य आधारहरुमध्ये राजनीतिक पृष्ठभूमि रहेबाट पनि जीवन दर्पणको प्रतिविम्बित आशङ्का गर्नसकिन्छ ।

अतः कुरा पनि त्यस्तै हो । त्यस कारण यसलाई कुनै सामाजिक नियमबाट बाँधेर राख्नु, मधुर भनेर भन्नु साँचो दृष्टिकोण होइन । यी दुई विरोधी तत्वलाई सन्तुलनमा राख्ने बिचार छाडौँ ।

वस्तुतः ‘तीन घुम्ती’ भित्रका उपन्यासकार बि.पी. तर्कशास्त्रीको रूपमा प्रकट भएका छन् । स्वच्छन्दवाद, यौन मनोविज्ञान, पिछलग्गु, अन्धानुकरण, अनुयायी नरही कतै आफ्नै पूर्वीय पौराणिकताका अध्ययनलाई पर्गेल्छन् । समय सापेक्षता र स्वविचार धारा आफ्नो उपन्यासको मूलत्वमा घुसाउँछन्, आफ्नो उपन्यासलाई आफ्नैपन दिन्छन् । सम्पुट पनि दिन्छन्, आफ्नै स्वपरिवेश र स्वदुर्वलताको । यही कुरा ‘तीन घुम्ती’मा पनि उजेलिएका छन् । उनका उपन्यासमा मात्र होइन कथामा पनि स्वभोगाइका प्रतिविम्वलाई राजनीतिक पृष्ठभूमिका चोप कतै न कुनै रूपमा प्रकट भएका छन् । क्रान्तिकारिता र जेलजीवन अनुभूति परोक्ष अपरोक्ष रूपमा खेलाइएका छन् । यसबारे चर्चा अरू बेलाकै लागि थाँती राखेर यतिखेर ‘तीन घुम्ती’ कै सेरोफेरोमा भन्नुपर्दा पनि बि.पी.को छायाँचित्र उनी स्वयम्ले यसमा प्रतिबिम्बित गरेका छन् भन्न सकिन्छ । प्रवृत्तिमा आफूmलाई कतैकतैबाट जानी–नजानी आफूलाई ओराल्नु प्रवृत्ति प्राकृतिकजन्यकै अङ्ग बनेकै छ । यसउपर विजय बि.पी.ले पनि पाउन सकेको छैनन् नै । तर सूक्ष्म अवलोकन स्वत्वको विश्लेषण अनि दृष्टिकोणको परिक्रमाका तीक्ष्णतालाई बडो सरल र सुलभ तरिकाले प्रस्तुत गर्नु उनको आफ्नै विशेषता छ । यही परम्पराका अनुयायी मदनमणि दीक्षित देखिन्छन् तर यिनको बौद्धिकता क्लिष्टता आफ्नै ठाउँमा छन् भने बि.पी. त्यो मार्गबाट पछि हटेर सुलभतामा बढी ध्यान पुर्‍याउँछन् । बि.पी.का समग्र उपन्यासको चिरफारकै अङ्गसँग सानीध्य ‘तीन घुम्ती’ पनि अपवाद छैन ।

जीवनका यावत जटिलता औ समस्यालाई समेट्नु साहित्यमा विसङ्गतिवाद मानिएको छ । यसको प्रत्यक्ष सामिप्यता विसङ्गतिवादसँग रहेको छ । एक अर्काको पुरक तत्वलाई स्वीकार्न लगाउने साहित्यिक हिसावमा डेनमार्कका दार्शनिक सोरकिर्केणार्ड हुँदै जापाल सात्र्र र अल्वर्ट कामुले यसलाई संस्कारित तुल्याएका हुन् । ‘तीन घुम्ती’ पनि यही अस्तित्व बाउको आछन्नता पाइन्छ । न यता न उता नढल्की आफूलाई जहाँ छ त्यहीँबाट चिनाउनु वा आफ्नो अस्तित्व प्रकट गर्नु त्यसको जगेर्ना गर्नु यसको लाक्षणिक स्वरूप रहेको छ । स्वनिर्णय र स्वभोगाइलाई स्वबाटै समाधान यसको लक्ष्य हो । यस दृष्टिकोणबाट ‘तीन घुम्ती’ आबद्ध देखिन्छ । उपन्यास ‘तीन घुम्ती’ को नायिका इन्द्रमाया यस पक्षका प्रतिबद्ध पात्र हुन् । यस पात्रबाट बि.पी.ले स्वतन्त्रताको उद्बोधन पनि गरेका छन् भलै जातित्व (वर्ग) को पक्षमा रहेको होस्, यस उद्वोधनबाट दासत्व मोचनको प्रतीकात्मक रुपरेखा कोरेका छन् ।

प्रतिकात्मक स्वरुपमा ‘तीन घुम्ती’ भित्र इन्द्रमाया त्रिकोणका मूलबिन्दूमा उभिएकी छिन् भने पीताम्बर एक बिन्दुमा, रमेश अर्को बिन्दुमा लम्पसार एक सरल रेखा (इन्द्रमाया) स्वयम् बि.पी. को साम्यवादको छाया हो । यसै छाँयाको मायामा ‘तीनघुम्ती’ भित्र उनले पीताम्बर एक रेखामा उभ्याएर रमेश अर्को धारमा उभ्याएर त्रिकोणात्मक आवृत्ति पूरागरेको देखिन्छ । यो विद्रोहका तीन रेखा हुन् । स्वविद्रोह स्वयम् भित्रको सम्वेदनको परितुष्टि हो । बि.पी. बाहिरको बि.पी. र भित्रै भित्रको बि.पी. पर्गेल्न पनि ‘तीन घुम्ती’ भित्र मडारिनै पर्ने बाध्यतालाई यहाँनिर आएर बिचार गर्नसकिन्छ । किनकि एक मानव अवयव सम्पूर्ण मानव चरित्रको परिचयात्मक होइन । रहँदैन पनि । बिखण्डन र बिलगता स्वार्थपूत्र्तिको साधनापूत्र्तिको हेक्का नराखे अस्तित्ववाद हिजोआजको राजनीति नादकै रूपमा प्रतिस्थापित हुनपुग्दछ । जसले कसैको कमाउने भाँडो कसैको जीवनकै रडाँकै रडाँको बन्नपुग्ने खतरा मात्र हैन अहिलेको एक्य वा समझदारीता अनि यावत् सामाजिक संरचनाका छिन्न भिन्नताका कारक पनि बन्नपुग्नेहुन्छ । स्वअस्तित्वसँग सहअस्तित्व सन्तुलनका मिलनबिन्दु हुन् । यो बिन्दुको अपेक्षा स्वाभाविक पनि हो ‘तीन घुम्ती’ भित्र । किनकि बि.पी.का रचना त्यस बेला भएका थिए जतिबेला उनी सर्वाङ्ग नाङ्गै सुत्नेगर्दथे । नाङ्गो सुुत्नु एउटा व्यायाम पनि हो । त्यसबाट ऊर्जा प्राप्त हुन्छ । यही उर्जाको सुषुप्तावस्थाबाट फक्रँदा भविष्यका फूल रोप्न पाइन्छ । अराजकताबाट भित्र यसलाई कोरा कल्पनाको पात्रको रूपमा सीमित पार्नसकिँदैन । दोस्रो बुँदाः इन्द्रमाया कोइरालाको विचारवाहक पात्र हो भन्ने धारणालाई पनि त्यही रूपमा लिनसकिन्छ । कोइरालामा कोरा कल्पनाको आचरण देखिँदैन । सूक्ष्म अध्ययन र स्वत्वको अनुशीलनसहित ठोस सतहमा उभिएर लेखन प्रवृत्तिको प्रस्ट धारको प्रवृत्ति उनमा रहेको छ । यस उसले पनि आचारबाट उत्पन्न विचारको प्रफुष्टनमा इन्द्रमाया खडा हुन पुगेको मान्न सकिन्छ । तेस्रो बुँदा र चौथो बुँदालाई सहमतीय रेखामा डोरिन सकिन्छ ।

“तीन घुम्ती” उपन्यास काठमाडौँको सेरोफेरोमा घुमेको देखिन्छ । यसभित्रका पात्रहरु सुशिक्षित चेतनशील एवम् बौद्धिक चिनारीका प्रतीक रहेका छन् । उपन्यासकारको उपस्थिति यस परिस्थितिमा अझ प्रतिबिम्बित देखा पर्दछ । नारी अस्तित्वको सेरोफेरोमा लेखिएको ‘तीन घुम्ती’ मूलतः, उनका अरू उपन्यासमा झैँ समन्वयात्मक समाजको परिकल्पनामा बहेको देखिन्छ । अन्तरजातीयताको माध्यमद्वारा समन्वयात्मक समाज उजगार गर्दछ । जुन आएर बिस्तारै फैलिँदा छन् । यस उसले उपन्यासकारको उपन्यासभित्र मानवतावादको अनुराग मिसिएको भेटिन्छ । मनोविश्लेषणात्मक, अझ त यौनात्मक धारको घुमाइ ‘तीन घुम्ती’ रहेको छ । वैयक्तिक स्वतन्त्रता, आत्मनिर्णय माध्यमद्वारा मानवीय तत्त्वको विकासका आधारहरु यसभित्र सन्देशात्मक स्वरुपमा सञ्चारण रहेको छ । नियतिलाई प्रकृति पङ्कजको रूपमा ग्रहण गर्ने आग्रह यसमा पाइन्छ । विकृति विरुद्धको सचेतनता यसको जपना हो । पहिलो यस उपन्यास भित्र उपन्यासकार स्वयम् आबद्ध रहेको देखा पर्दछ । त्यस आवद्धता परिशोधनकै निम्ति भएको लाग्दछ ।

चेतन, अवचेतन र अचेतन फ्रायडको मनको प्रभाव खुलासाको विश्लेषण बि.पी.का लेखन प्रवृत्तिको मियोको रूपमा खडारहेको छ । स्वघटना र दृश्य घटनालाई पर्गेलेर कल्प उपन्यास लेखनमा उतार्न स्वआनन्द र अनुभूतिको तृप्तीको आनीबानी ‘तीन घुम्ती’मा पनि पाइन्छ । मानवीय स्वभाव अझ नारीका सुलभ भाव, भोक इच्छालाई आफ्नो पात्रको सैद्धान्तिक अडानको परिधिभित्र नबाँधेरै पनि सैद्धान्तिकको कट्टरपना झैँ पात्रको सरलतालाई दुर्वोधतामा बाँधेर प्रस्तुत गर्ने अहम्तुष्टि इन्द्रमायामा पनि पोतेका छन् । लेखन प्रवृत्तिका अन्य धारझै पात्रको सामाजिक परम्पराको र नैतिकताको दृष्टिबाट इन्द्रमायाका कदमलाई क्रान्तिकारिता र नारी स्वतन्त्रताको प्रतीकको रूपमा – समालोचकहरु जुन भन्ने गर्दछन्, त्यसको प्रतिनिधित्व ‘तीन घुम्ती’ का इन्द्रमायाले गर्दिनन् गरेकी पनि छैनन् । माथि भनिएका झैँ समय परिस्थिति अनुसार सुषुप्त घट्ना जुन आफू स्वयम्मा घटित वा दृष्टिमा पर्नआएको तथ्यलाई उजगार गर्ने अभीष्ट उपन्यासकारले पूरा गरेकाछन् । जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ समाजमा पाइने सबैथोकबाट केहीलाई छानेर/निफनेर टल्कने धातुको रूपमा प्रस्तुत गर्ने कला बि.पी.मा बेग्लै प्रकारको देखिन्छ । अरू यौनवादी कलमजीविझै उत्ताउलो वा अन्य भडकिलो रूपमा नभै सुपाच्य ढङ्गले मानवीय यौन–अभीष्टता प्रकट गर्ने सूक्ष्मता उपन्यासकारको विशेषता ‘तीन घुम्ती’बाट उजेलिएको छ ।

‘तीनघुम्ती’ भित्रका अभीष्ट मध्ये जातीय विभेद विरुद्ध समभाव समाजको संरचना पनि हो । इन्द्रमाया काठमाडौँका नेवार परिवारको शिक्षित नारी । सोह्र वर्ष पुग्दा घरमा बिहेको कुरा चल्दा उनी आमालाई खुलस्त भन्छिन् ‘पिताम्बर छँदै छ नि’ । घरका परिवारजन अड्चनका फेहरिस्त फलेकि तापनि स्वयम् पीताम्बरसँग समेत साउती नै नगरी एक साँझ घर त्यागेर पीताम्बरको दैलो छिर्नपुग्छिन् । यस घटनाबाट इन्द्रमाया दृढ निश्चयी (हठी), साहसी पनि देखिन्छिन् । पीताम्बर जेल परेपछि उनकै अभिन्न मित्र रमेशप्रति यो  । को रमेश ? कहाँबाट उदायो यो देवता को !  आन्तरिक उच्छवास प्रकट हुनुबाट उनको स्वमनको उर्लदो वासना पनि उम्लेको पाइन्छ । सुपर इगोले ढकमक्क ढाकिएको इन्द्रमाया कतै पनि हार स्विकार्न तयार देखिँदैन । रमेशसँगको सहवासलाई पनि उनी शरीरले चाहेको भोग मान्दछिन् । उनी नास्तिक छैनन् तर भौतिकी तत्त्वको प्रवलतामा उम्लेकी देखिन्छिन् । इन्द्रमायाको नियति माथि ढाकछोप गर्न साधारण चरित्रमाथि नारी स्वतन्त्रताका पक्षघरको रूपमा साधारण चरित्रको रूपमा उभ्याएर बिचारहरु पहिर्‍याएको देखिन्छ । यो स्वयम्ले उपन्यासकारको धारणा अनि मूलपात्रमा हुनुपर्ने गुणका निमित्त गरिएको लिपपोत लाग्दछ ।

‘तीन घुम्ती’ चरित्र प्रधान उपन्यास हो । माथि उल्लिखित तत्कालीन समाज, संस्कृतिमा लुकेका÷लुकाइएका असामान्य घटनाको बाक्लो पर्दा च्यातेर इन्द्रमायालाई उभ्याइएको छ । आरम्भदेखि साहसिक एवम् अस्तित्ववादी स्वरुपमा खडा गरिएको मूलपात्र पैँतालिस वर्ष पुगेपछि मत्थर र शिथिल अवस्थामा उभ्याइँदै पूर्वजीवनको अवलोकनतर्पm उद्यत गराइएको छ । एकातिर नारी स्वतन्त्रताको लागि बान्की कोर्दै पुरुषको अहम् विचार सुस्तताको परिचय पनि उपन्यासकारले उभ्याएका छन् । मातृत्व बात्सल्यमा नारीको आशक्तिपनसमेतलाई सूक्ष्मतापूर्वक अवलोकन समाहित गरिएको छ । यहाँनिर इन्द्रमायाबाट प्रस्पूmटित उच्छवासित स्वर उनले आफैmँलाई भनिन् ‘के को त्रुटि हुनगएछ यहाँ ………’ यता धेरैदेखि पीताम्बर प्रणय ….खण्डित माथि खण्डित भइरहेको थियो (पृष्ठ १८) ।

इन्द्रमाया पहिले सम्पूर्ण नैतिकताबाटै आफ्नो नारीत्व पूरा गर्न चाहन्छे तर यसको परिपूत्र्ति हुन नसकेपछि दमित कामनाको प्रतिफल दोस्रो घुम्तीका मोडमा रमेश माध्यम रुवरुप उभ्याइएको देखा पर्दछ । ‘मृग मरिचिका’ शब्दको व्याख्या राम्रोसँग ‘तीन घुम्ती’मा भएको छ । मानवीय तृष्णाका उद्भव स्वरूप हो मृग मरिचिका । यस सेरोफेरोभित्र दार्शनिक पक्षका आध्यात्मवाद वृत्तमा आत्मवाद, देहवाद आदि आवृत्ति पनि ‘तीन घुम्ती’को घुम्टो भईmँ ओढाइएको छ । देहवाददेखि गीता दर्शनको जलप पनि यसमा भेटिन्छ भने मानवतावाद कर्तव्यको दिशाबोध अर्को समाविष्ट विषय हो, यस उपन्यासमा देखापरेको । घटना वृत्तबाट केही नाटकीय पराकाष्ठा पनि दृष्टिगोचर हुन पुगेको देखिन्छ जस्तै प्रसवका लागि अस्पतालमा रहेको इन्द्रमाया र थुनाबाट मुक्त भएको पीताम्बरको मिलनक्षणको परिदृष्य यसको नमुना हो । अस्पताल खर्चसमेत तिरिदिनु यसैको उदाहरण हो ।

कोइरालाका सबैजसो उपन्यास चरित्रप्रधान स्वरुपमा देखा परेका छन् । बाह्य सेरोफेरो भन्दा अन्तरमन मन्थनमा उनको लेखनी बहेको पाइन्छ । पीताम्बर, रमेश आदि निमित्त अस्तित्व प्रतिकको रूपमा खडा गराइएको देखिन्छ । उपन्यास लघु स्वरुपमा रहेका छन् । तर अनुभूति उच्च, गहिरो तथा  हिमवर्षा झैँ चस्सचस्स छुनपुग्ने कलाकारिता बि.पी.को कलमको क्षमता उजागर गर्दछ । अझ यसबारे थप कुरा भन्नुपर्दा जुन कोरा कल्पनाको आधारमा सृजित भन्ने गरिएको छ त्यो भ्रममा आधारित भनाइ हो वस्तुतः यथार्थपरक स्वरूप ‘तीन घुम्ती’ उपन्यासमा उनिएको भन्नसकिन्छ ।