अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

सुनको भाउ तोलामा दुई सय रुपैयाँले घट्यो

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ८:११ मा प्रकाशित

आज सुनको भाउ तोलामा दुई सय रुयौयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार छ सय ५५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया