अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

आउँदो दिन

युवराज मैनाली २०८० असोज ७ गते २२:०५ मा प्रकाशित

लघुकथा

बिलौना बजारको उद्घाटन गर्न पाल्नुभएका प्रमुखअतिथिको बोल्ने पालो आइसकेको थियो । उद्घोषक उहाँको देनको चर्चा गर्दै चाकडीमा तल्लीन थिए । यत्तिकैमा प्रमुखअतिथिको मोबाइलको घण्टी बज्यो । के कुरा भएछ कुन्नि प्रमुखअतिथि लुसुक्क ओर्लनुभयो । उद्घोषकले हाम्रा प्रमुख अतिथि…….. भनेर जदौ पोजमा हात सोफातिर पु¥याएर आँखा तन्काउँदा सोफा खाली नै देखियो । यसैबीच माइक पनि लत्याइएको नै ठानेर होला कि कसो, आफैं समाचार फलाक्न थाल्यो । भर्खरै प्राप्त समाचार अनुसार वर्तमान प्रधानमन्त्रीको पार्टी गाभिएर संयुक्त भई खलासप्रसादको नाम प्रधानमन्त्रीमा सिफारिस भएको छ ।