अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

घोप्टेको घोप्टयाइँ

युवराज मैनाली २०८० पुष १३ गते २१:०८ मा प्रकाशित

मेरो हजुरबा, सधैँ खुट्टो उचालिरहनुहुन्थ्यो । कुरा पनि सधैँ खुट्टा उचालिएको कुरा नै गर्नुहुन्थ्यो । कुरा गर्दागर्दै उहाँमा जानेर वा नजानेर हात टाउको मात्र होइन खुट्टै उचालेर खुट्टो उचालिएको कुरा गर्नुहुन्थ्यो । उमेरले नदिए पनि खुट्टो उचालिएर निकै निकै जोसिनुहुन्थ्यो । आफ्नो पालाको समालोचनासहित अहिलेको औँसीको बखान गर्नुहुन्थ्यो तर जुन दिन सरकारले वृद्ध भत्ता र पेन्सनको टेन्सन दियो, त्यै दिन उहाँले यति आफ्नो खुट्टा उचाल्नुभयो कि ठ्याम्म कुर्कुच्चाको जोस छातीमै उच्चाकार उहाँ परलोक जानुभयो । यस दुखद घटनामा अर्को के अचम्म पर्‍यो कि चिताको चिताइदारको कुरा नमिलेर हो कि आत्मा प्रपञ्चनाको कारण त्यै खुट्टा जल्दो चितामा पनि उचालिई नै रह्यो । त्यही कारण खोज्दाखोज्दै खोतल्दा खोतल्दै हिजो ओछ्यानमा घोप्टेको उनै हजुरबाका नातिको वल्टाइ पल्टाइका कारण भयो ।