अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

कतारमा ६२५ नेपाली कामदार अलपत्र

बिआरटीनेपाल २०८१ वैशाख १४ गते ५:५७ मा प्रकाशित

कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली अलपत्र परेका छन्। कम्पनीले ६ महिनादेखि तलब नदिएपछि अलपत्र परेका हुन् । तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । समस्यामा परेकाहरूलाई गत शनिबारदेखि एनआरएनए कतारले खानाको व्यवस्था गर्दै आएको छ ।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो । यस सम्बन्धमा आज श्रममन्त्री डीपी अर्याललाई जानकारी गराएको बताउँदै समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराएको भट्टले बताउनुभयो ।

उक्त कम्पनीमा करिब १५०० कामदार रहेका र ६२५ नेपाली बाहेक अरु सबै विदेशी कामदार रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू