अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३
| Colorodo: 07:48
जीवनको गति बढाइ रहेछु !!
रापिलो यो मौसममा,
बगेका पसिनाका बहावहरूले,
शरीरको वस्त्र निथ्रुक्कै हुँदा,
तिम्रो मण्डलामा निचोर्दै छु !
अन्धकार यी रातहरूमा,
मसक्क निदाउन पनि सक्दिन,
बत्तीले धिप्-धिप गरेको यो देशमा
जल समाधि लिन पनि सक्दिन !!,
तर पनि,
साधनाको गहिराइमा डुबुल्की मार्दा,
संवेदनाहरू महसुस गरिरहन्छु,
अनापानको गतिमा बगिरहँदा,
भवचक्रलाइ साक्षी बनेर निभाइ रहेछु!!
शील, समाधि, प्रज्ञा भित्र
पारमितालाइ निखारी रहेछु
दीक्षित अनुपस्यनाको
सुत्रमा टेकेर,
जीवनको गति बढाइ रहेछु !!