अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

शुभकामना

आचार्य प्रभा २०७७ पुष १७ गते ८:५९ मा प्रकाशित

कविता

शुभ कामना हिजो पनि दिईएकै हो
आज पनि दिंदैछौ
भोलि पनि दिनु नै छ
तर …….हाम्रो शुभकामनामा
के कमी भयो कुन्नि ?
संसारभर नै अशुभको सङ्केत छायो
विश्व नै आक्रान्त बनेर
शोकमा डुब्यो ।
फेरि पनि हामी झिनो आशाको
त्यान्द्रो बाँधेर नयाँ वर्षको शुभकामना दिन
अझै लालायित छौँ,
उत्साह र उमङ्गको दिव्य ज्योति बालेर
सुख,समृद्धिको खुसी साट्न उत्साहित छौँ
र बाँड्दैछौं आज एकार्कामा नयाँ वर्षको
मङ्गलमय शुभकामना,शुभकामा,शुभकामना !