अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

भ्रमित मन-आचार्य प्रभा

आचार्य प्रभा २०७६ चैत २६ गते १३:१९ मा प्रकाशित

लघुकथा
सधैँसँगै हाँस्ने, बोल्ने साथी अचानक टाढा टाढा भएकी देख्दा अचम्म लाग्यो । सोंचें केही भो होला ? मान्छेको मुड हो कहिलेकाँही बद्लिन सक्छ ।आज पनि उ काममा आई अहँ ! छेउमा आइन, टाढा टाढा नै भई । म अचम्मित भएँ र अलिक नजिक गएर सोधेँ ।

“हेल्लो साथी आजकल तिमीलाई के भएको छ ? किन बोल्न छाड्यौ ? “उसले पर भाग्दै भनी । “चाइना र नेपाल त छिमेकी राष्ट्र अरे । तिमी पनि हेर्दा चाइनिज जस्तै छौ । त्यही भएर म जोगिन खोजेकी ।”

भोलिपल्ट म ड्युटीमा गएँ । सबैले सुनाए “लिण्डालाई त बेस्सरी ज्वरो आएको छ रे । उसलाई त्यही रोगको शङ्का गरेर डाक्टरले क्वारेन्टाइनमा बस्न लगायो रे । “अहो ! मैले सोंचें जसले मलाई आँखा चिम्सो र थेप्चो नाक देखेर त्यस्तो घृणा गरेकी थिई उसैलाई नै यस्तो आपद आयो कि क्या हो ?हे ! भगवान् त्यस्तो नहोस् ।

मैले लिण्डालाई म्यासेज पठाएँ । “लिण्डा कस्तो छौ ? स्वास्थ्यको ख्याल गर्नु । रोगले मान्छेको जात,नाक,नक्शा हेर्दैन । कतिबेला कसलाई आक्रमण गर्छ थाहा हुन्न । “लिण्डा अनुत्तरित भई क्यारे । केही प्रत्युत्तर आएन केवल इमोजीको आँसु चुहुँदै गरेको दुई आँखाको नक्सा पठाई प्रत्युत्तरमा ।