अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

सुबिन्द्र केसीको पहिलो एलबम ‘आरोहण’ सार्वजनिक

कृष्ण भट्टराई २०७६ असार २२ गते ९:२३ मा प्रकाशित

काठमाडौँ– झन्डै एक दशकदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक तथा सङ्गीतकार हुन् सुविन्द्र केसीको पहिलो गीति एलबम ‘आरोहण’ काठमाडौँमा आयोजित एक साङ्गीतिक समारोहमा विमोचन गरिएको छ ।

गीतकार दिनेश अधिकारी, गायक रामकृष्ण ढकाल, सङ्गीतकार राम सिटौलासहितका व्यक्तले गायक केसीको स्वरमा रेकर्ड गरिएका आधुनिक शैलीका सात वटा गीतहरू समावेश गरिएको उक्त गीति एलबम विमोचन गरेका हुन् ।

२०६९ सालमा पहिलो गीत रेकर्ड गराएर साङ्गीतिक क्षेत्रमा सक्रिय भएका गायक केसीले पछिल्लो समय सङ्गीतको प्रशिक्षणमै बिताएका छन् । आधा दर्जन साङ्गीतिक गुरुहरूसँग प्रशिक्षण लिइसकेका गायक केसी अहिले पनि सङ्गीतकार राम सिटौलासँग सङ्गीतको प्रशिक्षण लिइरहेका छन् ।

लोकप्रिय गायक रामकृष्ण ढकालका गीतहरू सुन्दै हुर्किएको बताउने गायक केसीको गायकीमा समेत गायक ढकालको झझल्को पाउन सकिन्छ । आफ्ना गीतहरूमा गायक रामकृष्ण ढकालको छाप पर्न नदिन शुक्रवार विमोचन गरिएको आफ्नो गीति एलबम ‘आरोहण’ का गीतहरू रेकर्डिङ गर्ने अवधिमा गायक केसीले गायक ढकालका गीतहरू नै सुन्न छाडेका थिए ।

गायक केसीले आफ्नै प्रेरणाका स्रोत गायक रामकृष्ण ढकालसहित वरिष्ठ व्यक्तित्वको हातबाट आफ्नो साङ्गीतिक जीवनकै पहिलो एलबम ‘आरोहण’ विमोचन गराएका हुन् ।

विन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन तथा विक्री–वितरण गरेको गायक केसीको ‘आरोहण’ गीति एलबमका एलबमका गीतहरूमा अर्जुन पोखरेल, राम सिटौला, महेश खड्का, टिका भण्डारी, श्रीकृष्ण बम मल्ल तथा गायक स्वयंद्वारा संगीतबद्ध गीतहरू समावेश गरिएका छन् । एलबमका ती गीतहरुलँई विपिन किरण, राम सिटौला, एकनारायण झण्डारी, डा।नवराज लम्साल, पुरुषोत्तम ढुङ्गेल तथा गायक केसीले रचना गरेका छन् ।

विमोचन समारोहमा एलबममै समावेश गरिएको ‘उधारो वाचा…‘ गीतको म्युजिक भिडियो प्रिमियर गरियो । विशाल भण्डारीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री केकी अधिकारी तथा रञ्जित पौडेलले अभिनय गरेकी छिन् । उक्त गीतमा गायक केसीकै शब्द तथा सङ्गीत सुन्न सकिन्छ । किरण कँडेलले उक्त गीतमा सङ्गीत संयोजन गरेका छन् ।

यस्तो छ भिडियो: