अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

‘पुजार सार्की’को टिजर सार्वजनिक

बिआरटीनेपाल २०८० चैत ३० गते ७:१० मा प्रकाशित

चलचित्र ‘पुजार सार्की’को टिजर रिलिज भएको छ । आज रिलिज टिजरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई देख्न सकिन्छ । जेठ १० गते रिलिज हुने चलचित्रको टिजरमा आर्यन पुजारीको भूमिकामा देखिएका छन् । उनी डोलीमा छन् । मैत बहादुर बनेका प्रदीप खड्का र आर्यन भागिरहेको देखाएको टिजरमा पलले भरुवा बन्दुक चलाएका छन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायत कलाकारको अभिनय छ ।

प्रतिक्रिया