अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

१० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्न आवश्यक छ : मिलन च्याम्स

बिआरटीनेपाल २०८० चैत ९ गते ५:४१ मा प्रकाशित

चलचित्र निर्माता एवं निर्देशक मिलन च्याम्सले चलचित्रले राम्रो व्यापार गर्न नसकेसम्म राम्रा चलचित्र बन्न कठिन रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित आदिवासी, जनजाति, मातृभाषी चलचित्रको निर्माण, प्रवद्र्धन, सहकार्य र बजारीकरण सम्बन्धी गोष्ठीमा बोल्दै निर्माता च्याम्सले यस्तो बताएका हुन् । उहाँले चलचित्र बनाउने भन्दा चलचित्र देखाउने ठाउँ सबैभन्दा पहिला सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशभर १० वटा आदिवासी जनजाति चलचित्र हल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

निर्माता च्याम्सले अहिलेका चलचित्र हलहरु नेपाली चलचित्रकै लागि पनि पर्याप्त नभएको र स्थान नदिने गरेको गुनासो गर्नुभयो । उहाँले हिन्दी र अंग्रेजी चलचित्रलाई बढी प्राथमिकता दिँदा नेपाली चलचित्र देखाउने ठाउँ नपाएको बताउनुभयो । निर्देशक च्याम्सले १० वटा चलचित्र भवन आदिवासी जनजातिका लागि बनाएर त्यहाँ आदिवासी जनजाति सम्बन्धित चलचित्र मात्रै प्रदर्शनी गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया