अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०८१ वैशाख ६ गते ७:४५ मा प्रकाशित

चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतिपूर्ण रहेको बताए । उनले आफ्ना लभ स्टोरी चलचित्रहरु दर्शकहरुले बढी रुचाएकाले यस चलचित्र पनि रुचाउने अपेक्षा व्यक्त गरे । उनले अन्य कलाकारहरुले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरु नरहेको बताए । उनले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताए ।

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् । काफिया फिल्मस र कुबेर फिल्मले ’फर्की फर्की’ लाई वितरण गर्नेछन् ।

यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया