अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

फेसन एण्ड मोडल अवार्डमा श्रृंखला खतिवडादेखि उषा खड्गीसम्म पुरस्कृत

कृष्ण भट्टराई २०७६ साउन २५ गते ९:५५ मा प्रकाशित

काठमाडौँ–पेजेन्ट नेपाल ईन्टरनेशनलले नेपालकै इतिहासमै पहिलो पटक आयोजना गरेको ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ मा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई पपुलर पिजेन्ट टाइटल विनरको अवार्ड जितेकी छिन् । समारोहमा मिस नेपाल २००० उषा खड्गीले इभरग्रिन तथा मोस्ट पपुलर मिस नेपालको अवार्ड जित्न सफल भइन् ।

काठमाडौँमा आयोजित एक भव्य समारोहमा नेपालको फेसन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तित्वहरूलाई विभिन्न चार दर्जनभन्दा बढी विधामा पुरस्कृत गरिएको हो ।

गीत, सङ्गीत, नृत्यसहितको उक्त रमाइलो समारोहमा एमाजन इन्टरटेन्मेन्टले बेस्ट इभेन्ट अर्गनाइजरको अवार्ड जित्यो भने रोजिन शाक्यले बेस्ट पिजेन्ट एमसीको अवार्ड जिते । कमल खतिवडाले बेस्ट इभेन्ट डाइरेक्टरको अवार्ड जिते भने जोर्डन राजभण्डारीले बेस्ट इभेन्ट मेनेजरको अवार्ड जिते । रमेश श्रेष्ठले बेस्ट सेट डिजाइनरको अवार्ड जित्दा काष्ठमण्डप टेलिभिजनले भने बेस्ट पेजेन्ट टिभी च्यानलको अवार्ड जित्न सफल भयो ।

समारोहमा साप्ताहिकका वरिष्ठ उप–सम्पादक कृष्ण भट्टराईले भने बेस्ट फेसन जर्नालिष्टको अवार्ड जित्न सफल भए ।

एवार्ड अन्तर्गतको अर्गनाइजर विधातर्फ मिस नेपालको आयोजक संस्था हिटन ट्रेजरका गोपाल सुन्दर लाल कक्षपतीले बेस्ट मिस पेजेन्ट अर्गनाइजरको अवार्ड जित्न सफल भए । यही विधामा बेस्ट मिस्टर पेजेन्ट अर्गनाइजरको अवार्ड मिस्टर नेपालका आयोजक एक्सपोज नेपालकी अर्चना बस्नेतले जितिन् । बेस्ट कम्युनिटी बेस्ड पेजेन्ट अर्गनाइजरको अवार्ड पेज थ्री हउटे कउटरले जित्यो । बेस्ट किड्स पेजेन्ट अर्गनाइजरको अवार्ड इनोभेसन इभेन्ट्स म्यानेजमेन्टका महेश केसीले जिते । फेसन डिजाइनर विधातर्फ रविन क्रिएसनका रविन परियार तथा बाउ फेसन बुटिककी पुष्पा राई चालिसेले बेस्ट फेसन डिजाइनरको एवार्ड जित्न सफल भए । ड्रिम वेयर फेसन द बुटिककी मञ्जु बन्जारा ढकालले बेस्ट फेसन डिजाइनर अफ द इयरको अवार्ड जितिन् ।

समारोहमा डा।रेखा थापाले बेस्ट कस्मेटोलोजिस्ट, तेन्जु योञ्जनले पपुलर फेसन स्टाइलिष्ट, गौरा राईले बेस्ट मेकअप आर्टिष्ट तथा रक्की श्रेष्ठले बेस्ट हेयर स्टाइलिष्टको अवार्ड जित्न सफल भइन् । कोरियोग्राफर विधातर्फ हिमानी सुब्बा तथा अनिष महर्जनले बेस्ट कोरियोग्राफरको अवार्ड जित्न सफल भए । रोजिन शाक्य तथा जयन सुब्बा मानन्धरले भने लिजेन्ड्रि फेसन कोरियोग्राफरको अवार्ड जिते । मोडल विधातर्फ रुबिस्का श्रेष्ठ (मोडल हट्न नेपाल–२०१८) शेराप ग्याट्सेन लामा (मेन एट्टीच्यूट नेपाल) ले बेस्ट फेसन मोडलको अवार्ड जिते । चलचित्रका अभिनेता समेत रहेका दिक्पाल कार्कीले पपुलर ईन्टरनेशनल नेपाली मोडल (मिस्टर मोडल अफ द वर्ल्ड २०१८/इन्टरनेशनल मोडल) को अवार्ड जित्न सफल भए भने कला सुब्बालाई लिजेन्ड्रि मोडलको अवार्ड प्रदान गरियो । 

मिसेस् विधातर्फ शैल्जा शाह (फेस अफ ब्युटिसियन भक्तपुर–२०१९) ले पपुलर पेजेन्ट टाइटल विनर प्रोफेसनल बेस्ड (मिसेस्) को अवार्ड जितिन् भने दुर्गा पौडेल (मिसेस् ग्लोबल नेपाल-२०१९) ले पपुलर पेजेन्ट टाइटल विनरको अवार्ड जितिन् । सिलाष्मा मल्ल (ब्युटिसियन नेपाल) ले भने पपुलर मोडल (मिसेस्) को अवार्ड जितिन् । टिन विधातर्फ प्रिया मल्ल तथा स्वागत मल्लले पपुलर मोडल टिनको उपाधि जित्न सफल भए । गिर्वाणी चिकम्बन्जरले बेस्ट र्याम्प मोडल (टिन) को अवार्ड जितिन् भने रोजेस् चिकन्बन्जर तथा निक्की लवाजुले पपुलर टाइटल विनर टिनको उपाधि जित्न सफल भए । किड्स विधातर्फ प्रिथा गुरुङ तथा प्रिन्स प्रसिद सिंह ठकुरीले पपुलर मोडल किड्सको उपाधि जित्न सफल भए भने वैभवी शाह तथा अभिनव श्रेष्ठले पपुलर टाइटल विनर किड्सको उपाधि जिते ।

बेस्ट पेजेन्ट अर्गनाइजर (मोफसल) को उपाधि ब्राइट इभेन्ट म्यानेजमेन्ट, दोलखाका राजन बुढाथोकीले जिते भने पपुलर मोडल (मोफसल) को उपाधि इटहरीका क्षितिज पोखरेलले जिते । काभ्रेकी ममता तामाङले पपुलर टाइटल विनर टिन (मोफसल) को उपाधि जितिन् । मेरिना तुम्सा लिम्बुले पपुलर टाइटल विनर (मोफसल) को उपाधि जिते । झापाका प्रनित पुडासैनीले बेस्ट फेसन कोरियोग्राफर (मोफसल) को अवार्ड जित्न सफल भए । 

समारोह झापाका बिरेस राईले इमर्जिङ फेसन डिजाइनरको अवार्ड जिते भने भेषराज खत्रीले इन्फ्ल्यूइन्सियल टाइटल विनरको उपाधि जिते । निशु महर्जनले पपुलर टाइटल विनर प्रोफेसनल बेस्ड (मिस) तर्फको अवार्ड जितिन् भने इभान राजा श्रेष्ठले बेस्ट र्याम्प मोडल (किड्स) को अवार्ड जित्न सफल भए । बुटवलका अञ्जन कुँवरले इमर्जिङ फेसन कोरियोग्राफर (मोफसल) को अवार्ड जिते भने कृष्ण श्रेष्ठले इमर्जिङ फेसन कोरियोग्राफरको अवार्ड जिते । राजकुमार दर्जीले भने बेस्ट पेजेन्ट डान्स कोरियोग्राफरको अवार्ड जिते ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक मिथुन थापाका अनुसार नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रका अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड वितरण नहुने भएकाले मोडलिङ तथा फेसन क्षेत्रको रौनक बढाउन यो समारोह आयोजना गरिएको हो । निर्देशक थापाका अनुसार फेसन तथा मोडलिङ क्षेत्रमा सक्रिय हरेकलाई यही क्षेत्रमै केही गर्छु भनेर लागि पर्न तथा उनीहरूको भविष्य सुनिश्चित गर्नका लागि समेत यो समारोह आयोजना गरिएको हो ।