अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

‘महाजात्रा’ आजदेखि प्रदर्शनमा

बिआरटीनेपाल २०८० चैत ९ गते ५:४३ मा प्रकाशित

प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । याे चलचित्र नेपालसहित विश्वका ४० देशका २ सय ५० वटा सहरमा प्रदर्शनम आएको निर्माण पक्षले जनाएको छ ।

प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दिव्य देव, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ चलचित्रकाे व्यावसायिक र समीक्षात्मक सफलतापछि  ‘महाजात्रा’ तेस्राे शृङ्खलाका रूपमा आएकाे हो ।

प्रतिक्रिया