अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

अध्यक्ष ओली र नायक हमालबीच सिनेमा संवाद

बिआरटीनेपाल २०८० चैत ३ गते ६:०१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करणका अवसरमा एमाले अध्यक्ष ओलीसँग नायक राजेश हमालको सिनेमा सम्वादका क्रममा उहाँले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिनुभएको हो ।

उच्च शिक्षा प्राप्तिको सिलसिलामा नेपाली युवामा विदेश जाने प्रवृत्ति बढीरहेको र धेरै ठूलो सङ्ख्यामा उनीहरू उतै बस्ने गरेको देखिएको उल्लेख गर्दै ओलीले युवा पङ्क्तिलाई आफ्नो देशको विकास गर्नुपर्छ भन्ने बुझाउन जरुरी रहेको बताउनुभयो । अध्यक्ष ओलीले नायक राजेश हमाल सालिन अभिनयकर्ताका रूपमा परिचित रहेको भन्दै प्रशंसा गर्नुभयो ।

नायक हमालले पूर्वप्रधानमन्त्री ओलीको सबैसँग सहजै घुलमिल हुनसक्ने क्षमता बारेमा विश्लेषण गर्नुभयो । चैत ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया