अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

गायक आनन्द कार्कीले ल्याए नयाँ गजल

कृष्ण भट्टराई २०७६ वैशाख ३ गते १२:२४ मा प्रकाशित

काठमाडौँ– गीतकार तथा गजलकार सुदन डोटेलद्वारा रचना गरिएको नयाँ गजलको सङ्ग्रह ‘चुपचाप छौ तिमी….’ काठमाडौँमा लोकार्पण गरिएको छ । वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, सङ्गीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेल सहितका व्यक्तिले उक्त सङ्ग्रह लोकार्पण गरेका हुन् ।

विमोचित ‘चुपचाप छौ तिमी…’ मा गायक आनन्द कार्कीको स्वर छ । सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गजललाई मनोहर सुनामले एरेञ्ज गरेका हुन् । भोला पौडेलले उक्त गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।

समारोहमा उक्त गजलको म्युजिक भिडियो पनि प्रिमियर गरियो । सङ्गीतकार प्याकुरेलकै निर्देशनमा बनेको गजलमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेले अभिनय गरेका छन् । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रूपमा प्रस्तुत भएका छन् । गजल गायनकै शैलीमा तयार पारिएको उक्त भिडियोमा गीतकार सुदन डोटेलसहित अमूल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, विकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकारले पनि अभिनय गरेका छन् । सुरेन्द्र श्रेष्ठद्वारा छायाङ्कन गरिएको उक्त भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । 

यस्तो छ चुपचाप छौ को म्युजिक भिडियो