अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

क्योकुशिन सेइसिन काईकानको शुभकामना आदान-प्रदान कार्यक्रममा विद्यालय पोसाक वितरण

कृष्ण भट्टराई २०७७ कार्तिक ३ गते १०:३१ मा प्रकाशित

भक्तपुर- नेपाल क्योकुशिन सेइसिन काईकान कराँते सङ्घको आयोजनामा आशापुरी डोजो भक्तपुरमा शुभकामना आदान प्रदान तथा विद्यालय पोसाक वितरण कार्यक्रम आयोजना गरियो ।

विजय दशमी, दीपावली, नेपाल संवत् नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोसाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोसन टेस्ट कार्यक्रम पनि सञ्चालन गरिएको ।

उक्त कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समारोहमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते सङ्घ तथा नेपलिज फेसन होमको संयुक्त पहलमा मायाको चिनोको रूपमा सहभागी खेलाडीहरूलाई सदस्य सचिव सिलवालको हातबाट विद्यालय पोसाक तथा स्टेशनरी हस्तान्तरण गरिएको थियो । यसका साथै प्रमोसन भएका प्रशिक्षक तथा खेलाडीहरूलाई सदस्य सचिवले बधाई ज्ञापन गर्नु भएको थियो ।

भक्तपुर डोजो, आशापुरीका डोजो प्रमुख हर्कबहादुर तामाङको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विशेष अतिथिहरू वर्ल्ड क्योकुशिन काईकान कराँतका उपाध्यक्ष तथा नेपालका केन्द्रीय अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष समाजसेवी हेमा मानन्धर, मिस नेवास् ११३९ नीतु डंगोल, सूर्य विनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष किरण थापा तथा अतिथिहरू सङ्घका महासचिव प्रशिक्षक प्रवीण बस्नेत, आशापुरेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष टुल्कु लामा, जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक राजु बस्नेतद्वारा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

समारोहमा सूर्य विनायक नपा वडा नं ८ का वडा सदस्य अजयकुमार तामाङ, वडा सदस्य धर्मराज बस्नेत, सङ्घका केन्द्रीय सदस्य राजेन्द्र थापा, काठमाडौँ जिल्ला सङ्घ अध्यक्ष प्रशिक्षक राजकृष्ण श्रेष्ठ, ललितपुर डोजो प्रमुख राजु तामाङ, बौद्ध डोजो प्रमुख बुद्ध तामाङ, भैंसेपाटी डोजो प्रमुख गोपाल भुजेल, मुलपानी डोजो प्रमुख श्याम लामा, भक्तपुर डोजो प्रमुख जेनकुमार तामाङ, प्रशिक्षक विजयकुमार तामाङ, टग अफ वारका वरिष्ठ उपाध्यक्ष सूर्य भट्टराई तथा समाजसेवीहरू गोविन्दबहादुर अधिकारी, ठुलो कान्छा तामाङको पनि विशेष उपस्थिति रहेको थियो ।

समारोह मिस नेवा: प्रजिता श्रेष्ठ तथा प्रशिक्षक सुरेन्द्र लामाले सञ्चालन गरेका थिए ।