अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

पहिलो गीत लिएर आएर नेपाल आइडल रवि ओड

कृष्ण भट्टराई २०७५ चैत २४ गते १०:५३ मा प्रकाशित

काठमाडौँ– दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो साङ्गीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । शुक्रवार युट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

नृत्य परक उक्त गीतमा प्रसिद्ध सङ्गीतकार हरि लम्सालको सङ्गीत निर्देशन छ । गीतका सङ्गीत संयोजक पनि सङ्गीतकार लम्साल नै हुन् । कृष्ण केसीले उक्त गीत रचना गरेका हुन् । अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । स्थापित कोरियोग्रँफर शिव बिकेको कोरियोग्रँफी तथा निर्देशनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायाकार हुन् ।

भक्तपुर दरबार स्क्यावरको आकर्षक लोकेशनमा छायाङ्कन गरिएको भिडियोमा करिब ६० जना कोरस कलाकारहरूले सामूहिक नृत्य गरेका छन् ।

यस्तो छ भिडियो !