अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३६ | Colorodo: 21:51

बुद्धि भरिँदाको अवस्थामा अध्यात्मको यात्रा

विनोद रोका २०७५ फागुन २५ गते ९:३५ मा प्रकाशित

मेरो यसपालि डालास टेक्ससको भ्रमण नितान्त आध्यात्मिक र पारिवारिक भेटघाटमा बित्यो । देवीजीले सदा झै म गएको अवस्थामा एउटा कार्यक्रमको आयोजना गरौँ भन्ने प्रस्ताव राख्नु भएको थियो । तर मैले त्यसो नगरौँ भने । किनकि रक्षा अधिकारीले केलरबाट मेनुका र मलाई आउनु भनेर बोलाएकी थिइन । रक्षाले भन्थिन, प्रभु अर्थात् दैविक शक्तिबाट तपाइहरूलाई बोलाएर हिलिंग गर्नु भन्ने मेसेज छ । यस्तो मेसेज अहिलेसम्म मेरो आमा, बाबा, भाइ र अन्य नजिकका नातेदारहरू कसैलाई आएको छैन । तपाईहरुनै नजिकको पहिलो मान्छे पर्नुहुन्छ ।”

रक्षाकी आमा रेखा भाउजू र मेनुका साथी हुन । रक्षाका पिता खगेन्द्रजी मेरा कानुन व्यवसायी मित्र हुनुहुन्छ जो हाल सर्वोच्च अदालत बारका अध्यक्ष हुन । र ऊहाले नै मेरो विवाह मेनुकासँग गराई दिनु भएको थियो २०४१ सालको वैशाखमा । भाउजू टेक्ससमै हुनुहुन्छ । खगेन्द्रजी भने नेपाल फर्किनु भो ।

जानु भन्दा अगाडी नै रक्षाले आफूमा प्रभुको कृपा हुने गरेको छ। प्रभुले मेनुका र अङ्कललाई बोलाऊ भन्ने मेसेज दिनु भएको छ भनेर रक्षाको आमाले पनि भन्नु भो । कुराकानीकै क्रममा के पनि बुझियो भने रक्षाको ध्यान । पूजा कोठामा परिवारका सदस्यहरू अहिलेसम्म पस्नु भएको रहेनछ । यसै बेला मेनुकाको करिब ९ दिनको छुटिृ भएको हुँदा छोरा डा.अभिषेक भएको ठाऊ ओरलेण्डो जाने भन्ने थियो । तर छोराको अन्तै जानुपर्ने भएकोले गर्दा अर्को विकल्पको ठाऊ खोज्दै थिइन । ऊन्को छुटिृमा मेरो अदालतमा रहको मुद्दामा जानु परेको कारणले गर्दा केवल ५ दिन मात्र बिताउन सक्छु । तर कहाँ जाने हो ठाऊ तिमिनै तय गर भनेको थिए । किनकि पछि छुट्टीको समय राम्ररी बितेन भने त्यसको दोष म लिन चाहन्नथे । उनको मन डालास जाने कि नजाने भन्नेमा घुम्दै थियो । मेरो मन भने डालासै जानेमा थियो । तर मैले भनेको थिइन । मलाई लागेको थियो मक्कै पनि प्रभुले मलाई रक्षा मार्फत केही उपहार दिनेवाला हुनुहुन्छ । किनकि मलाई प्रभुले यसरी नै पथ प्रदर्शक पठाइदिनू भएको छ जब जब ममा आध्यात्मिक यात्राको क्रममा जिज्ञासा ऊठदथे ।

रक्षाको फोन आई रह्यो। ऊन्ले मेनुकालाई भन्दै थिइन । आन्टी अङ्कलको आउने मन छ तर तपाईलेनै दोमन गरी रहनु भएको छ। तपाईँलाई धेरै स्ट्रेस छ । प्रभुले बोलाऊ भन्नु भएको हुँदा नै मैले आउनु भनेकी हु । मैले केही भनिन । किनकि म यो बिदाको सदुपयोग मेनुकाकै इच्छाले होस भन्ने चाहन्थे । मैले एक दिन सोधे कहाँ जाने निर्णय गरयौ ? चाँडो भन । नत्र टिकट महँगो हुन्छ । जवाफमा उन्ले भनिन डालास जाने । अनि मैले खुसिहुदै टिकट काटे । फरक फरक मितिका ।

मेनुका म भन्दा ३ दिन अगाडी नै डालास गइन । त्यहाँ गएर ऊनले रक्षाबाट पाएको न्यानोपन, हिलिंग र रक्षाको दिनचर्याले उन्लाई धेरै प्रभाव पारेको कुरा बताऊथिन । रक्षा आफ्नो श्रीमान् सविन र छोरासँग बस्छीन । भाउजू भने छोरा बुहारीसँग बस्नुहुदो रहेछ । मेनुका बाहिर घुम्नुपर्ने, फोटो खिच्नुपर्ने मान्छे घरमै बस्दा पनि आनन्दित भएको अनुभव सुनाउन थालिन । भाउजूसँग गफिनु सटृा रक्षासँगै उठबस हुने। अनि ऊन्का कुरा सुनीरहु झैँ लाग्ने भनिन । मलाई लाग्यो मेनुकाले बल्ल स्ट्रेस मेटाउनलाई मद्दत गर्ने मान्छे भेटिन ।

म मुद्दा सकेर १३ फेब्रुअरी २०१९ रातीको फलाईटबाट डालास गए । मेनुका रक्षाकै घरमा बसेकी थिइन । म अबेर गरेर त्यहाँ पुगेको हुँदा भोलिपल्ट साझं रक्षाले मलाई उन्को हिलिंग रूपमा लगिन । आफ्नो आसनमा बसिन । म उन्को अगाडी बसे । र मैले लगेका केही धार्मिक किताबहरू दिए । ऊनको सानो कोठामा कुण्डलीनी चक्र अङ्कित पोस्टर भित्तामा टाँगिएको छ । सेता, काला र अन्य रङ्गका चम्किला ढुंगांहरु, धूप, सुगन्धित तेलहरू, सानो गीता, कुरान र अन्य किताब । भित्तामा ऊन्का र सविनका ग्य्राजुयट डिग्री र अन्य प्रमाणपत्र, रिंगिगवेल, हिमालय सल्टको बत्ती, डिस्पेन्सर, अनि सोल, माईण्ड र बडी लेखिएको बोर्ड आदि । ऊन्ले मलाई भनिन अङ्कल तपाईँको माइण्डमा डर छ । मैले भने अहँ छैन । किनकि मैले विपाश्ना लगायतका ध्यानहरू १९९४ देखिनै गर्न थालेको हु । त्यसपछि सनातनीय पद्धति, चक्र साधना, साइ मण्डली लगायतका अन्य धार्मिक सम्प्रदायसँग जोडिएको छु। धेरै गुरुहरूको आशीर्वाद पाएको छु। धार्मिक शास्त्र र लेखहरू पढेको छु । युट्युब र सामाजिक सञ्जालमा पोस्ट गरिएका आध्यात्मिक प्रवचन र साहित्य प्राय छुटाएको छैन । म शरीर होइन । आत्मा हु । मृत्यु शरीरको हुन्छ आत्माको हुँदैन । प्रत्येक घटनालाई समतामा रहेर वा साक्षीभावले हेर्नु पर्दछ भन्ने तथ्य म राम्ररी बुझ्दछु आदि । अर्थात् अनायासै मैले आफ्नो अन्तरमानमा रहेको अङ्कलको अहंमपन निकाले ।

मैले त्यसपछि रक्षालाई सोधे तिम्रो गुरु को हो नि ? जवाफमा भनिन मेरो गुरु युनिर्भस अर्थात् प्रभु हुनुहुन्छ । मलाई प्रभुले धेरै लामो समयदेखि घचघच्याइ रहनु भएको रहेछ । तर मैले त्यसको अर्थ बुझी रहेकी थिइन । २०१८ को सुरुवातमा म एवेकन भए । अर्थात् ईन्लाईटेण्ट भएको महसुस गरे । त्यो दैवीशत्ता वा युनिभर्सलेनै मलाई के गर्ने वा नगर्ने भनेर मेसेज दिनुहुन्छ । ऊनी यस्तै अरू धेरै प्रसङ्गहरू मलाई सुनाऊदै गैरहेकी थिइन । मैले ऊन्लाई भने रक्षा तिमीले भनेका कुराहरू त कृष्ण, बुद्ध, महावीर, रामकृष्ण, विवेकानन्द, पं.श्रीराम शर्मा, महर्षि रमण, साइ, परमहंश योगानन्द, रजनिश, जे.मूर्ती, सदगुरु,आदिले भनेका कुरासँग मिल्छन् । मैले पनि पढेको छु । तिमीले पनि त पढेकी हौली नि ? रक्षाले भनिन अङ्कल मैले त तपाईँले पढे झैँ पढेकी छुईन । मैले कुरा गर्दा खेरी अरूले पनि यो त फलानाले भनेको छ वा यो फलानो किताबमा लेखिएको छ भन्छन् । तर अङ्कल कुरा के भने प्रभुको सत्ता सर्वत्र छ । अनि तपाईँ त्यो सत्तासँग जोडिनु भयो भने तपाईँ पनि त्यही बोल्नु वा अनुभव गर्नुहुन्छ जुन अरूले गरे वा गर्दछन् । त्यसैले म प्रभुसँग जोडिएकी हुँदा मलाई कुनै गुरु वा शास्त्रको आवश्यकता पर्दैन । ऊन्ले यसरी भन्न थालेपछि म रक्षासँग बग्न थाले मानौँ म पनि उनीसँग त्यो सत्तासँग जोडिए । त्यसपछि उन्ले मलाई आफ्ना धेरै अन्तरङ्गहरू बाँडिन । मैले पनि बाँडे । मेरा हर्षका आशु बहे ऊनका हर्षका आशुसँगै । सायद रक्षालाई लाग्यो ऊन्ले आफूलाई गहिराई सम्म बुझ्ने एउटा साधक पाएकी छन् । यहाँ हाम्रा लय र ताल मिलेका थिए । अब म रक्षासँग हिलिंग, ध्यान, अनि त्यो डिभाईन ईनर्जीसंग कसरी जोडिने भन्ने विषयमा जानकारी पाउन अझ बढी उत्सुक भए ।

रक्षाले भनिन अङ्कल ध्यान र शास्त्रले डिभाईन ईनर्जीसंग जोडाऊदैनन । यिनले त केवल व्यक्तिलाई प्रभुको सत्तालाई अनुभूति गर्ने वातावरण सम्म तयार गरिदिन्छन् । त्यसैले अब यो ध्यान र शास्त्रसँगै तपाईँले प्रभुको सत्ताको अनुभव गर्ने । अनि प्रभुबाट सन्देश पाउने अभ्यास पनि थाल्नु पर्छ । मैले उन्लाई सोधे तिम्रो यो सोल, माईण्ड, र बडीको कन्सेप्ट के हो ? तिमी के गर्दछेऊ ? रक्षाले भनिन अल्कालाईन खाना खाने, लाइट व्यायाम गर्ने, अनि माइण्डमा रहेको डरलाई हटाउने । यो डर हटाउन र प्रभुको सत्तामा जोडिनका लागि गाईडेड मेडिटेशन गराऊ छु । व्यक्तिका कमजोर भएका चक्रहरूलाई हिलिंग र ईनरजाईज गर्छु । आवश्यकता अनुसार स्टोनहरुको प्रयोग पनि गर्ने गर्छु । मेरो मद्दतको आवश्यकता पर्ने र सम्पर्कमा आउनेलाई डिस्टेन्स हिलिंग पनि गर्ने गर्दछु । म अमेरिकामा लाईटवर्करहरुको नेटवर्कमा पनि छु । र यो टेक्सानको केलर डिष्ट्र्क्टि एजुकेसन बोर्डलाई मेरो यो सोल, माईण्ड, र बडी प्रोग्राम स्कुलका बच्चाहरूबाट सुरु गर्न देऊ भनी प्रस्ताव राखेकी छु । 

छलफल पनि हुँदैछ । किनकि तयारी गर्ने भनेको केटाकेटी अवस्थादेखि नै हो । सायद मेरो यो प्रस्ताव स्वीकृत हुन्छ होला । अनि तलासमा २ मार्चमा हुन गै रहेको फस्ट वमेन ईन्टरप्रिनरशिप एन्ड लिडठरशिप प्रोग्राममा सोल, माईण्ड, बढीको विषयमा पहिलो पटक नेपाली समुदायका बिचमा आफ्नो धारणा राख्दछु । मैले ऊनलाई भने छोरी तिमीले राम्रो प्रस्तुति दिनेछेऊ किनकि ईश्वर तिम्रो साथमा हुनुहुन्छ । क्रमशः: