अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

तरुनो र बुढो प्रेम दिवस

विनोद रोका २०७६ फागुन २ गते १५:३२ मा प्रकाशित

प्रेम दिवसको पहिलो वर्ष थियो
प्रियालाई भेट्न मन आतुर थियो
सुन्दर फुलहरू प्रेमको उपहार दिन किने
अनि, छातीमा ढ्याङ्ग्रो ठोक्दै भेट्न पार्क तीर हिँडे ।

हामी मौन थियौ, आखाहरु बोल्दै थिए,
आवाज थिएन, तर ओंठहरु चल्दै थिए
फुल दिने बहानामा, यी हातले ती हात छोए
हामी तातियौ, हाम्रो तापले फुलहरू पिडाले रोए ।

प्रिया अर्धाङ्गिनी हुँदै बुढी भइन,
म अर्धांगो हुँदै बाजे भए,
थिएन भेट्न जानु कतै, थियौ दुवै साथ
फुल किनेर फर्कँदा, पर्यो झण्डै रात ।
फुलमा सौन्दर्यता थियो पहिला झैँ उन्माद थिएन
मनको तलाउमा शान्ति थियो, पहिला झै हुरी थिएन ।

तैपनि पुरानो स्मृतीले, अतीतमा जस्तै फुल दिने रहर जाग्यो
हाम्रो स्पर्शले फुलहरू मुस्कुराए,
मलाई उनको हात पनि आफ्नो हात जस्तो लाग्यो
प्रियाले मलाई रिसाउँदै भनिन, हन तिमी कहाँ हराएको ?
श्रीमतीलाई छुँदा पनि किन, बात लाग्दा झैँ गरी डराएको ?